२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

जवानले दुई दिनमै कमायो १२८ करोड

२४ भाद्र २०८०, आईतवार ०७:५७

भदौ २४, काठमाडौँ | बलिउड अभिनेता शाहरुख खानको नयाँ चलचित्र जवान बिहिबारबाट विश्वव्यापी रिलिज भएको छ । यो फिल्मले प्रदर्शनीको पहिलो दिनमै भारतमा ७५ करोडको व्यापार गरेको छ । जवान संसारभर ७ हजार ५०० स्क्रिनमा रिलिज भएको छ । यो फिल्मले प्रदर्शनको दोश्रो दिन शुक्रबार भारतमा मात्र ५३ करोडको व्यापार गरेको छ । यसरी फिल्म जवानले भारतमा दुई दिन मै १२८ करोडको व्यापार गरेको छ । जबकी उनको फिल्म पठानले पहिलो दिन भारतमा ५५ करोडको व्यापार गरेको थियो । यसरी आफुले बनाएको पठानको पहिलो दिनको सर्वाधिक कलेक्सन रेकर्ड शाहरुखले नै जवान मार्फत तोडेका छन् । पठानले राखेको थुप्रै रेकर्ड उनको यो जवान फिल्मले तोड्ने भएको छ ।

जवानको बजेटको कुरा गर्दा यो फिल्म ३ सय करोड भारतीय रुपैयाँमा निर्माण भएको हो । तर यो फिल्मले रिलिजअघि नै २५० करोड कमाइसकेको स्वयम अभिनेता एवम् निर्माता शाहरुख खानले यस अघि नै बताईसकेका छन् । यो फिल्मको स्याटेलाइट राइट ८५ करोडमा र ओटीटी राइट १३० करोडमा यस अघि नै बिक्री भईसकेको छ । यस्तै यो फिल्मको म्युजिक राइट्स ३६ करोडमा बिक्री भईसकेको छ । यसरी यो फिल्मले रिलिज अघि नै २५० करोड कमाईसकेको हो ।

शाहरुख खानको फिल्मलाई एटलीले निर्देशन गरेका हुन् । जसमा शाहरुखसँगै नयनतारा, विजय सेतुपति, दीपिका पादुकोण, सान्या मल्होत्रा, प्रियामणीलगायतको मुख्य भूमिका रहेको छ ।


यसरी एक वर्ष भित्रै अभिनेता शाहरुख खानले बलिउडमा एकपछि अर्को गर्दै व्यबसायिक रेकर्ड बताईरहेको छन् । कोरोनापछि पूर्ण सुस्ताएको बलिउडलाई उनले फेरी तताएका छन् । दक्षिण भारतीइ फिल्मको दवदवालाई पनि उनले यतिबेला रोकेका छन् । शाहरुखको जवानमा दक्षिण भारतीय स्टार विजय सेतुपति, नयनताराको पनि मुख्य भूमिका रहेकाले यो फिल्म साउथमा पनि उस्तै चलेको छ । साउथको फिल्म सलारको रिलिज यतिबेला जवानकै कारण पछि सारिएको छ ।

भारतमा मात्र हैन, अन्तराष्ट्रिय रुपमै जवानको व्यापार उच्च छ । अष्ट्रेलिया, अमेरिका, युरोप, तथा दक्षिण पूर्वी राष्ट्रमा पनि जवालले बेजोड व्यापार गरिरहेको रिपोर्टहरु आएका छन् । यसरी फेरी एकपटक बलिउड सिनेमाको बजारलाई जवानले माथि उठाएको छ ।

फिल्मका अर्का निर्माता सञ्जय गुप्ताले यो फिल्मले पछिल्लो समय नयाँ इतिहास बनाईरहेको बताएका छन् । ग्याँगस्टार जनराको फिल्म विश्वव्यापी रुपमा फस्टाएको बेला आफुहरुले सोही जनरालाई रोजेर नयाँ उचाई बनाउन सफल भएको सँजयको कथन छ ।

पठानसँगै ठूलो पर्दाबाट आफ्नो चार वर्षको लामो ब्रेकको अन्त्य गरेर शाहरुख फर्किएका हुन् । बलिउडको बक्स अफिसमा हराएको चमक फिर्ता गर्न उनी सफल भएको अहिले समिक्षकहरुले बताएका छन् । जवानमा उनी आधा दर्जन फरक गेटअपमा प्रस्तुत भएकाले पनि दर्शकका लागि यो फिल्म निकै रोचक बनिरहेको छ । फिल्ममा उनको राजनीतिक अडानले पनि दर्शकमा उनी प्रतिको सम्मान बढेको छ । उनी यो फिल्ममा बहादुर र शाहसी पात्रको रुपमा प्रस्तुत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा