२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘जवान’ बन्यो सबैभन्दा छिटो ५०० करोड कमाउने हिन्दी फिल्म !

२५ भाद्र २०८०, सोमबार ०८:११

भदौ २५, काठमाडौँ | बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म 'जवान' ले बक्स अफिसमा आक्रमक कमाइ गरिरहेको छ।

फिल्मले हरेक दिन बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड राखिरहेको छ। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मले ४ दिनमा विश्वभरबाट ५०० करोड भारू कमाएको छ। यो सँगै फिल्मले सबैभन्दा छिटो ५०० करोड कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको छ।

'जवान' ले शाहरूख खानकै फिल्म 'पठान' लाई पछि पार्दै उक्त रेकर्ड राखेको हो। 'पठान' ले ५ दिनमा विश्वव्यापी रूपमा ५०० करोड भारू कमाएको थियो।

'जवान' ले भारतीय बक्स अफिसमा २८७ करोड भारू कमाएको छ।  ७५ करोडमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन ५३ करोड २३ लाख, तेस्रो दिन ७७ करोड ८३ लाख र चौथो दिन ८१ करोड कमाएको हो। यो हिन्दी, तमिल र तेलुगु भाषाको कमाइ हो।  

एटली कुमारले निर्देशन गरेको फिल्ममा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ। फिल्ममा गौरी खानको लगानी छ।

फिल्ममा शाहरूख डबल रोलमा देखिएका छन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा छिन्। जिके विष्णुले छायांकन गरेको फिल्मलाई रूबेनले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य