भदौ ३१, काठमाडौँ | शाहरुख खान स्टारर ‘जवान’ले भारतीय बक्स अफिसमा तरंग मच्चाएको छ । फिल्मले नौ दिनमा ४१० करोड भारु कमाइ गरेको छ । ‘वान नेसन–एक इमोसन’को भावसहित यो फिल्मले उत्तर र दक्षिण भारतबीचको खाडललाई पुरेको र एउटै धागोमा बुनेको विश्लेषण भारतीय मिडियाले गरेका छन् ।

फिल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३१, काठमाडौँ | शाहरुख खान स्टारर ‘जवान’ले भारतीय बक्स अफिसमा तरंग मच्चाएको छ । फिल्मले नौ दिनमा ४१० करोड भारु कमाइ गरेको छ । ‘वान नेसन–एक इमोसन’को भावसहित यो फिल्मले उत्तर र दक्षिण भारतबीचको खाडललाई पुरेको र एउटै धागोमा बुनेको विश्लेषण भारतीय मिडियाले गरेका छन् ।

फिल"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘पठान’को रेकर्ड तोड्दै ‘जवान’ बन्यो छिटो ४०० करोड कमाउने फिल्म

३१ भाद्र २०८०, आईतवार ११:४३

भदौ ३१, काठमाडौँ | शाहरुख खान स्टारर ‘जवान’ले भारतीय बक्स अफिसमा तरंग मच्चाएको छ । फिल्मले नौ दिनमा ४१० करोड भारु कमाइ गरेको छ । ‘वान नेसन–एक इमोसन’को भावसहित यो फिल्मले उत्तर र दक्षिण भारतबीचको खाडललाई पुरेको र एउटै धागोमा बुनेको विश्लेषण भारतीय मिडियाले गरेका छन् ।

फिल्म रिलिज भएको दिन चेन्नईका सबै थिएटर हाउसफुल थिए । धेरै ठाउँमा शाहरुखको पोस्टर दूधले नुहाइएको थियो । वर्षौंपछि दक्षिण भारतमा हिन्दी फिल्म स्टारको यस्तो क्रेज देखियो ।


एकातिर बलिउडको स्टारडम र मेगा बजेट भने अर्कोतिर साउथ उद्योगको जीवन्त स्टाइल र जबर्जस्त एक्सन दृश्य ‘जवान’को सफलताको कारण हो ।

शाहरुख एक मात्र स्टार हुन् जसको एकै वर्षमा रिलिज भएका दुई फिल्मले ४०० करोड भारुको आँकडा पार गरे । भारतीय फिल्म विश्लेषक तरण आदर्शका अनुसार ‘जवान’ले प्रदर्शनको ११ दिनमै ४०० करोड भारु कमाएको छ । ‘पठान’लाई यो आँकडा पार गर्न १२ दिन लागेको थियो ।

‘पठान’ र ‘जवान’ को आधारमा शाहरुख सबैभन्दा धेरै कमाउने अभिनेताको पहिलो स्थानमा पुगेका छन् । दुवै फिल्मले करिब ९५३ करोड भारु कमाएका छन् । सन् २०१९ मा अक्षय कुमारका चार फिल्मले एकसाथ ७५७ करोड भारु कमाएका थिए । अब उनी यो सूचीमा दोस्रो स्थानमा झरेका छन् ।

‘जवान’ले ७५ करोड भारु कमाएर हिन्दी सिनेमाको इतिहासमा सबैभन्दा ठूलो ओपनिङ गरेको छ । यसअघि यो कीर्तिमान ‘पठान’ (५७ करोड) को नाममा थियो ।

‘जवान’ ले पहिलो साता ३९१ करोड भारु कमाएको थियो भने ‘पठान’ले ३६४ करोड कमाएको थियो । ‘जवान’ले पहिलो सप्ताहन्तमा २८६ करोड भारु कलेक्सन गरेको थियो । यसअघि ‘पठान’को रेकर्ड २८१ करोड भारु थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल