२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

शाहरुख बने १ हजार करोड कमाउने पहिलो बलिउड अभिनेता

३ आश्विन २०८०, बुधबार १०:३६

असोज ३, काठमाडौँ | अभिनेता शाहरुख खान एक वर्षमा भारतमै १ हजार करोड भारु कमाउने पहिलो बलिउड अभिनेता बनेका छन्।

‘पठान’ र ‘जवान’को सफलताले उनलाई एक वर्षमा १ हजार करोड भारु कमाउने पहिलो बलिउड अभिनेता बनाएको हो।

शाहरुखको फिल्म  ‘पठान’ र  ‘जवान’, दुवै फिल्मले बक्स अफिसमा आक्रामक कमाइ गरेका छन्। ‘पठान’ बक्स अफिसमा हिन्दी फिल्मको लागि सर्वकालिन ब्लकबस्टर बनेको छ भने हालै रिलिज भएको ‘जवान’ले पनि बक्स अफिसमा कमाईका सबै रेकर्ड तोड्दै आएको छ।


शाहरुख, नयनतारा र विजय सेतुपति अभिनित ‘जवान’ले हालसम्म भारतीय बक्स अफिसमा ४४२.७३ करोड भारु कमाएको छ भने विश्वब्यापी रुपमा ७०० करोड भारुभन्दा बढीको व्यापार गरिसकेको छ।

त्यस्तै शाहरुखको पठान’ले ५४३.०५ करोड भारु माथि कमाएको थियो।

सन् २०१९ मा चारवटा रिलिजसँगै अभिनेता अक्षय कुमारले बक्स अफिसमा कूल ७५७.१३० करोड भारु कमाएका थिए। शाहरुखले २०२३ मा दुई फिल्मबाटै १०२३.०४० करोड भारु कमाएर अक्षयले बनाएको कीर्तिमान तोडेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल