२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अनमोलमाथि प्रदीप खड्काको कटाक्ष- बिहे गरेपछि दुलही फिर्ता लैलाऊ भन्न पाइँदैन

१५ आश्विन २०८०, सोमबार ०६:०७

असोज १५, काठमाडौँ | नायक अनमोल केसीलाई निर्माता-निर्देशक सुदर्शन थापाले प्रहरी हिरासतमा पुर्‍याएपछि धेरै चलचित्रकर्मीहरूले उनीहरूलाई आपसी छलफलबाट विवाद समाधान गर्न सुझाव दिए । तर, अनमोलका प्रतिस्पर्धी नायक प्रदीप खड्काले भने स्पष्ट पक्षधरता लिँदै सामाजिक सञ्जालमा पूर्वाग्रहयुक्त प्रतिक्रिया दिएका छन् ।


खड्काले लेखेको स्टाटस अनमोलविरुद्ध लक्षित छ । यद्यपि, उनले कसैको नाम लिएका छैनन् । भर्खरै विवाह गरेका दुलाहा र दुलहीको उदाहरण पेश गर्दै उनले ‘बिहेपछि दुलही फिर्ता लैजाउ भन्न नपाइने’ टिप्पणीसमेत गरेका छन् ।

चलेका कलाकारले कुनै पनि फिल्म खेल्ने समझदारीपछि अग्रीमरूपमा केही पेश्की रकम लिने गर्छन् । अनमोलले ‘रावायण’ का निर्माताबाट १० लाख रूपैयाँ लिएका थिए । उनले फिल्म नखेल्ने भएपछि सो रकम फिर्ता गर्न चाहे पनि निर्माता निर्देशक थापाले लिन मानेका थिएनन् । त्यही एड्भान्स रकमलाई खड्काले अमिल्दो गरी ‘दाइजो’ सँग तुलना गरेका हुन् ।

यसमा खड्काको आशय निर्माताको खर्च भएको भनिएको रकम (एक करोडभन्दा बढी दाबी गरिएको) को आधा अनमोलले क्षतिपूर्ति गर्नुपर्छ भन्ने देखिन्छ । तर, स्मरणीय के छ भने अनमोलले ‘रावायण’ का निर्मातासँग लिखित सम्झौता गरेका थिएनन् । केवल मौखिक समझदारीका आधारमा उनले १० लाख पेश्की लिएका थिए । त्यसैले उनले दिएको ‘विवाह’ र ‘सुहागरात’ वाला दृष्टान्त पनि यहाँ मेल खाँदैन ।

 यस्तो छ खड्काको स्टाटस:

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल