२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘जवान’ बन्यो भारतमा ६०० करोड कमाउने पहिलो बलिउड फिल्म

१५ आश्विन २०८०, सोमबार ०७:१५

एजेन्सी | शाहरुख खान स्टारर ‘जवान’ले प्रदर्शनको २५ औं दिनमा भारतीय बक्स अफिसमा नयाँ कीर्तिमान रचेको छ । एट्ली निर्देशित फिल्मले चौथो सातामा कमाइमा बेञ्चमार्क खडा गरेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार ‘जवान’ ६०० करोड भारु कमाउने पहिलो बलिउड फिल्म बनेको छ । ‘एक जनाको लागि एक टिकट फ्री’ अफरले फिल्मलाई फाइदा पुगेको विश्लेषण गरिएको छ ।

चौथो सप्ताहन्तमा शनिबार र आइतबार ‘जवान’ले भारतमा १७.३ करोड भारु नेट कलेक्सन गरेको छ । २५ दिनमा हिन्दी, तमिल र तेलुगूसहित फिल्मको कुल कलेक्सन अहिले ६०४.२५ करोड भारु पुगेको छ ।

‘फुक्रे ३’ र ‘द भ्याक्सिन वार’ बिहीबार रिलिज हुनेबित्तिकै ‘जवान’का निर्माताले शनिबारसम्म ‘एक फ्री टिकट’ अफर गरेका छन् । जसले हलमा दर्शकको संख्या बढे पनि बिहीबारदेखि फिल्मको आम्दानीमा पनि हरेक दिन २३ प्रतिशतले बृद्धि भएको छ ।

शाहरुख खान, नयनतारा, विजय सेतुपति, दीपिका पादुकोण, सान्या मल्होत्रा र प्रियमणि जस्ता स्टारको अभिनय रहेको ‘जवान’को बजेट ३०० करोड भारु छ । यो फिल्म यसअघि नै ब्लकबस्टर साबित भइसकेको छ ।

फिल्मले हिन्दी संस्करणबाट सबैभन्दा बढी कमाइ गरेको छ । अहिलेसम्म ‘जवान’ले हिन्दी संस्करणबाट ५४७.१७ करोडको नेट कलेक्सन गरेको छ । २५ दिन बितिसक्दा पनि ‘जवान’को बढ्दो कमाइले दर्शकमा फिल्मको क्रेज कायमै रहेको प्रमाण हो ।

विश्वव्यापी कलेक्सनको हिसाबले पनि ‘जवान’ले अचम्मको कमाइ गरिरहेको छ । फिल्मले २५ दिनमा विश्वभर करिब एक हजार ८० करोड भारु कमाएको छ । स्वदेशमा मात्रै होइन, विदेशी बजारमा पनि कीर्तिमानी कमाइ गरेको छ । खासगरी अमेरिका, न्युजिल्याण्ड र क्यानडामा शाहरुख खानका लागि दर्शकको क्रेज सबैभन्दा बढी छ । ‘जवान’ले विदेशमा अहिलेसम्म करिब ३७१ करोड रुपैयाँ कमाएको छ ।

‘जवान’ को गति अझै रोकिने छैन भन्ने स्पष्ट छ । यसको एउटा कारण यो हो कि हलमा यसको अगाडि कुनै ठूलो फिल्म छैन । शुक्रबार रिलिज भएको ‘फुक्रे ३’ ले औसत कमाइ गरिरहेको बेला ‘द भ्याक्सिन वार’ फ्लप सावित भएको छ । यसअघि रिलिज भएको ‘द ग्रेट इन्डियन फ्यामिली’ र ‘गदर २’ को यात्रा पनि बक्स अफिसमा सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा