२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अनमोलविरुद्ध मानहानीको मुद्धा हाल्ने ‘रावायण’ लेखक अधिकारीको चेतावनी

१५ आश्विन २०८०, सोमबार ११:२७

असोज १५, काठमाडौँ | फिल्म ‘रावायण’लाई लिएर उत्पन्न विवाद उत्कर्षमा छ । अभिनेता अनमोल केसीले फिल्ममा काम गर्ने भनेर १० लाख पेश्की रकम लिएको तर पछि काम गर्न नमानेको भन्दै निर्माताले प्रहरीमा उजुरी दिएपछि उनी शुक्रबार पक्राउ परे । र, आइतबार साँझ हाजिरी जमानीमा उनी रिहा भए । प्रहरीले सोधपुछ गर्दा उनले स्क्रिप्ट मन नपरेकाले फिल्ममा काम गर्न अस्वीकार गरेको बताएका थिए ।


अनमोलले स्क्रिप्टमा दोष देखाएपछि ‘रावायण’का लेखक शिवम् अधिकारीले उनीविरुद्ध कानुनी कारबाहीमा जाने चेतावनी दिएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै अनमोलले ४ महिनादेखि यही स्क्रिप्टमा आफूलाई तयार गरेको र हरेक क्षण उत्कृष्ट लागेको स्क्रिप्ट अचानक कसरी ‘झुर’ लाग्यो भनेर प्रश्न गरेका छन् । अनमोलले कारबाहीबाट बच्न आफ्नो मानहानी गरेको उनको दाबी छ ।

उनी भन्छन्, ‘सुदर्शन थापा र अनमोलको जुधाईमा मेरो सिर्जना किन बीचमा ल्याउनुपर्‍यो ? अनि, अनमोल ‘वान लाइन स्टोरी’ सुनेर फिल्म गर्न तयार भएको होइन । फाइनल स्क्रिप्ट मैले उसलाई इमेलमा पठाएको प्रमाण छ । म अनमोलसँग एकपटक बुझ्छु । उसले स्क्रिप्ट झुर भएरै काम नगरेको भन्ने जवाफ दिए कानुनी कारबाहीको प्रक्रियामा अघि बढ्छु ।’

स्क्रिप्ट सुनाएको पहिलो दिन नै अनमोलले ‘बबाल’ भनेको शिवम् स्मरण गर्छन् । अहिले स्क्रिप्टमाथि प्रश्न उठाउँदा आफ्नो मानहानी भएको उनले बताए । ‘आफू कानुनबाट बच्न अरुलाई खराब देखाउन मिल्छ ? अरुलाई हिलो छ्यापेर आफू चाहिँ सफा बन्ने ? यो त बदमासी हो । यसविषयमा म एकपटक उसैसँग सोध्छु । यदि हो नै रहेछ भने म ऊविरुद्ध मानहानीको उजुरी हाल्छु,’ उनले भने ।

यो विषयमा एउटा नजीर बस्न जरुरी रहेको उनको तर्क छ । धेरै कलाकारले फिल्ममा केही कुरा नमिलेपछि स्क्रिप्ट चित्त बुझेन भन्ने प्रवृत्ति रहेको र यसले लेखकको करिअरमै असर पर्ने उनी बताउँछन् । स्क्रिप्ट चित्त बुझेन भनेर व्यक्तिलाई भन्नु र मिडियालाई भन्नु फरक कुरा रहेको उनको बुझाई छ । ‘पञ्चायत’को निर्देशक समेत रहेका उनले दुई दर्जन बढी फिल्मको स्क्रिप्ट लेखिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…