२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अनमोलविरुद्ध मानहानीको मुद्धा हाल्ने ‘रावायण’ लेखक अधिकारीको चेतावनी

१५ आश्विन २०८०, सोमबार ११:२७

असोज १५, काठमाडौँ | फिल्म ‘रावायण’लाई लिएर उत्पन्न विवाद उत्कर्षमा छ । अभिनेता अनमोल केसीले फिल्ममा काम गर्ने भनेर १० लाख पेश्की रकम लिएको तर पछि काम गर्न नमानेको भन्दै निर्माताले प्रहरीमा उजुरी दिएपछि उनी शुक्रबार पक्राउ परे । र, आइतबार साँझ हाजिरी जमानीमा उनी रिहा भए । प्रहरीले सोधपुछ गर्दा उनले स्क्रिप्ट मन नपरेकाले फिल्ममा काम गर्न अस्वीकार गरेको बताएका थिए ।


अनमोलले स्क्रिप्टमा दोष देखाएपछि ‘रावायण’का लेखक शिवम् अधिकारीले उनीविरुद्ध कानुनी कारबाहीमा जाने चेतावनी दिएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै अनमोलले ४ महिनादेखि यही स्क्रिप्टमा आफूलाई तयार गरेको र हरेक क्षण उत्कृष्ट लागेको स्क्रिप्ट अचानक कसरी ‘झुर’ लाग्यो भनेर प्रश्न गरेका छन् । अनमोलले कारबाहीबाट बच्न आफ्नो मानहानी गरेको उनको दाबी छ ।

उनी भन्छन्, ‘सुदर्शन थापा र अनमोलको जुधाईमा मेरो सिर्जना किन बीचमा ल्याउनुपर्‍यो ? अनि, अनमोल ‘वान लाइन स्टोरी’ सुनेर फिल्म गर्न तयार भएको होइन । फाइनल स्क्रिप्ट मैले उसलाई इमेलमा पठाएको प्रमाण छ । म अनमोलसँग एकपटक बुझ्छु । उसले स्क्रिप्ट झुर भएरै काम नगरेको भन्ने जवाफ दिए कानुनी कारबाहीको प्रक्रियामा अघि बढ्छु ।’

स्क्रिप्ट सुनाएको पहिलो दिन नै अनमोलले ‘बबाल’ भनेको शिवम् स्मरण गर्छन् । अहिले स्क्रिप्टमाथि प्रश्न उठाउँदा आफ्नो मानहानी भएको उनले बताए । ‘आफू कानुनबाट बच्न अरुलाई खराब देखाउन मिल्छ ? अरुलाई हिलो छ्यापेर आफू चाहिँ सफा बन्ने ? यो त बदमासी हो । यसविषयमा म एकपटक उसैसँग सोध्छु । यदि हो नै रहेछ भने म ऊविरुद्ध मानहानीको उजुरी हाल्छु,’ उनले भने ।

यो विषयमा एउटा नजीर बस्न जरुरी रहेको उनको तर्क छ । धेरै कलाकारले फिल्ममा केही कुरा नमिलेपछि स्क्रिप्ट चित्त बुझेन भन्ने प्रवृत्ति रहेको र यसले लेखकको करिअरमै असर पर्ने उनी बताउँछन् । स्क्रिप्ट चित्त बुझेन भनेर व्यक्तिलाई भन्नु र मिडियालाई भन्नु फरक कुरा रहेको उनको बुझाई छ । ‘पञ्चायत’को निर्देशक समेत रहेका उनले दुई दर्जन बढी फिल्मको स्क्रिप्ट लेखिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा