२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

पाँच वर्षपछि श्रीदेवीको मृत्युबारे बोनी कपुरको खुलासा- उनी भोकै बस्थिन्, ‘ब्ल्याकआउट’ पीडित थिइन्

१६ आश्विन २०८०, मंगलवार ०७:०३

असोज १६, काठमाडौँ | सन् २०१८ मा अभिनेत्री श्रीदेवीको आकस्मिक निधनपछि उनका पति बोनी कपुरले यस विषयमा मौनता साँधेका थिए । तर यतिबेला उनले श्रीदेवीको निधनबारे महत्वपूर्ण खुलासा गरेका छन् ।

उनका अनुसार श्रीदेवीले नून बिनाको ‘स्ट्रिक्ट डाइट’ लिन्थिन् । जसका कारण श्रीदेवीलाई ‘ब्ल्याकआउट’ हुन्थ्यो । अभिनेता नागार्जुनले आफूलाई सुनाएको घटना पनि बोनीले सेयर गरे । उनका अनुसार श्रीदेवी बेहोस भइन्, जसका कारण उनको दाँत पनि भाँचिएको थियो ।

‘द न्यू इन्डियन’लाई दिएको अन्तर्वार्तामा बोनीले श्रीदेवीको मृत्युको बारेमा कुरा गर्दै यो प्राकृतिक नभई आकस्मिक मृत्यु भएको बताए । श्रीदेवीको मृत्युपछि आफूले ‘डिटेक्टर टेस्ट’को परीक्षणबाट गुज्रनुपरेको समेत बताए । आफूले कल्पना समेत नगरेका कुराहरु भोग्नुपरेको उनले बताए ।


बोनीले भने, ‘मैले यसबारे नबोल्ने निर्णय गरेको थिएँ किनभने जब ममाथि अनुसन्धान र सोधपुछ भइरहेको थियो । मैले २४ वा ४८ घण्टासम्म यसबारे कुरा गरें । मिडियाबाट दबाब आएकाले आफूहरुले त्यसो गर्नुपरेको अधिकारीले बताएका छन् । उनीहरुले यसमा कुनै बेइमानी नभएको थाहा पाए । म सबै परीक्षणबाट गुज्रिएँ जसमा ‘लाई डिटेक्टर टेस्ट’ र अन्य परीक्षण पनि सामेल थिए ।

अनि निसन्देह, त्यसपछि आएको रिपोर्टले यो मृत्यु आकस्मिक भएको भन्यो ।’

निधनको समयमा श्रीदेवी कडा खालको डाइटमा रहेको बोनीले बताएका छन् । उनले भने, ‘उनी प्रायः भोकै हुन्थिन् । राम्री देखिन चाहन्थिन् । स्क्रिनमा राम्री राम्रो देखिन सकोस् भनेर उनले आफ्नो सेपलाई ध्यान दिन्थिन् । जब मसँग उनको विवाह भयो, तब उनी ब्ल्याकआउटबाट पीडित भइन् र चिकित्सकले उनलाई कम रक्तचापको समस्या भएको बताए ।’

त्यसपछि बोनीले अभिनेता नागार्जुनले आफूलाई सुनाएको घटना उल्लेख गरे । नागार्जुनले एक सुटिङका क्रममा श्रीदेवी बाथरुममा बेहोस भएको बताएका थिए । बोनीले भने, ‘यो निकै दुर्भाग्यपूर्ण थियो । पछि उनको मृत्यु भएपछि नागार्जुन घर आए । उनले फिल्मको सुटिङका क्रममा आफू फेरि क्र्यास डाइटमा रहेको बताइन् र बाथरुममा बेहोस भएर लडिन्, जसमा उनको दाँत भाँचिएको थियो ।’

बोनीले श्रीदेवीलाई सुरुदेखि नै कडा र क्र्यास डाइटमा बस्ने बानी रहेको बताए । त्यसैले उनले डाक्टरलाई श्रीदेवीको खानामा थोरै नुन समावेश गर्न भनेका थिए । श्रीदेवीले आफ्नो खानामा नुन पटक्कै खाइनन् । बोनीका अनुसार रात्रिभोजको समयमा पनि श्रीदेवीले खानामा नुन नहोस् भनेर जिद्दी गरिन् । दुर्भाग्यवश, श्रीदेवीले यो विषयलाई गम्भीरतापूर्वक लिइनन् र सायद यो कुरा उनको लागि धेरै गम्भीर र घातक भयो ।’

२४ फेब्रुअरी, २०१८ मा दुबईको एक होटलको बाथटबमा डुबेर श्रीदेवीको मृत्यु भएको थियो । पोस्टमार्टम रिपोर्टमा श्रीदेवीको मृत्युको कारण दुर्घटनावश डुबेर भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा