वरिष्ठ गायिका दिलमाया खातीको निधन

Posted on: 04 Oct, 2023

असोज १७, काठमाडौँ | वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ। विगत लामो समयदेखि दम रोगबाट पीडित खातीको गएराति भारतको सिलगढीमा निधन भएको हो।

सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा जन्मिएकी गायिका खाती पहिलो पटक सन् १९६२ मा काठमाडौं आएकी थिइन्। 

सोही समयमा एक समारोहमा आफन्तकोमा गाएको गीत सुनेर संगीतकार शिवशंकर, नातिकाजी श्रेष्ठ र गायिका तारादेवीले नेपाली गीत आउन आग्रह गरेका थिए। त्यसपछि उनी निरन्तर गायन क्षेत्रमा लागेकी हुन्।

पहिलोपटक रेडियो नेपालमा गीत रेर्कड गराएकी उनी रेडियो नेपालले आयोजना गरेको संगीत प्रतियोगितामा प्रथम भएकी थिइन् । 

करिब एक सय ५० भन्दा धेरै नेपाली गीत गाएकी उनको ८४ वर्षको उमेरमा गएराति निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

उनले गाएका एकल तथा युगल ‘बिछोडको पीडा नसकी खप्न’, ‘तिमी देख्दा रहर लागेर आउँछ’, ‘साउन फर्की’, ‘सम्झेर–बुझेर दिइहाल त्यो जोवन’लगायत गीत चर्चित छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!