२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अनमोलकी आमा सुस्मिताको दावी– सुदर्शन थापाले मदिरा पिएर जथाभावि बोलेपछि कुरा बिग्रियो

२०८०, १८ आश्विन बिहीबार ०८:२८

असोज १८, काठमाडौँ | नायक अनमोल केसी ‘विश्वासघात’ को आरोपमा पक्राउ परेर दुई दिनपछि रिहा भए । उनले पक्राउ पर्नुअघि र पछि यो विषयमा कुनै पनि सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।

अनमोल पक्राउ पर्दा उनका बुवा तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी भने युरोपमा थिए । एउटा कार्यक्रमका लागि ‘पत्नी’ जिया केसीसँग जर्मनीमा पुगेका भुवन तत्काल फर्किन सकेनन् । अनमोल घरमा एक्लै बसिरहेका थिए ।

अनमोलकी आमा सुस्मिता बम्जन् भने दार्जिलिङमा बस्दै आएकी छन् । भुवन र सुस्मिता धेरै अघि अलग भएका हुन् । आपसमा अलग भए पनि उनीहरु दुवै छोरालाई उत्तिकै माया गर्छन् । अनमोलको पनि बुवा र आमा दुवैसँग न्यानो सम्वन्ध छ । यति मात्र होइन, ‘कान्छीआमा’ जिया केसीसँग पनि उनी उस्तै मिल्छन् ।


यस प्रकरणमा निर्देशक शुदर्शन थापा र उनकी पत्नी सुप्रिया कटुवालले अनमोलबाट धोका पाएको दावी गरिरहेका छन् । उनीहरुको भनाइ अनुसार अनमोलले १० लाख रुपैयाँ एड्भान्स लिएपछि फिल्म नखेल्ने भनेर धाका दिए । यस विषयमा अनमोलको प्रतिक्रिया नआइरहँदा उनकी आमा सुस्मिता केसीले मुख खोलेकी छन् । एक युट्यूव च्यानललाई दिएको अन्तरवार्तामा उनले अनमोलको बचाउ गर्दै अहिलेको परिस्थितिमा सुदर्शन थापाकै कमजोरी औंल्याएकी छन् ।

सुस्मिताको भनाइ यस्तो छ :

मेरो छोरो साँच्चिकै सोझो छ । कसैलाई नो भन्न सक्दैन । कसैलाई नराम्रो भन्न सक्दैन । कसैको मन दुखाउँदैन । हुन्न गर्दिन भन्न सक्दैन । हुन्छ नि दाइ हेरौंला नि भन्छ । त्यसलाई मान्छेले अर्कै हिसाबले लिन्छन् । कति ठाउँमा सोझो पनि राम्रो होइन भन्ने सम्भवतः अनमोलले सिक्यो होला ।

मलाई अघिल्लो दिन नै च्याटमा उसले सुदर्शन थापाको कुरा सुनाएको थियो । मसित अनमोल र मेरो म्यासेजको स्क्रिनसट पनि छ । एक त सुदर्शन थापा अल्कोहोलिक हो भन्ने सबैलाई थाहा छ नि । तर फिल्मको स्क्रिप्ट सुनाउँदा त रक्सी खाएर कोही पनि आउँदैन । अनमोलले जेन्टलम्यान भएर दाइ अँ यताउति भनेर कुरा गर्यो । स्क्रिप्ट उनीहरुको कम्प्लिट भएको थिएन ।

अनमोलले १० लाख रुपैयाँ मागेको होइन । उनीहरुले जबर्जस्ति थमाएको हो । एउटा गल्ति के भयो भने चेक लिनै नहुने थियो, उसले लिइदियो । त्यो मिस्टेक चाहीँ मान्छु । तर कहिलेकाहीँ जबरजस्ति गरेपछि नो पनि भन्न नमिल्ने अवस्था हुन्छ ।

अहिले उनीहरुको सुटिङ गर्ने कुरा नै थिएन । ‘फर्कीफर्की’ र ‘जेर’ पछि मात्र ‘रावायण’ गर्ने कुरा भएको थियो । उसको बाउ (भुवन केसी) को बर्थडेमा सुदर्शन थापा पूरै झ्याप भएर ‘नकआउट’ रहेछ । अनमोलले फस्र्ट टाइम उसलाई त्यस्तो अवस्थामा देखेको । अनमोल त माछामासु, जाँडरक्सी केही पनि खाँदैन । अहिले चैं बल्लबल्ल फिजिकल ट्रेनरले बि १२ कम हुन्छ भनेपछि माछा खान थालेको छ । उसलाई जाँड–रक्सी खाने मान्छे मनै पर्दैन । सुदर्शन थापाले रक्सी खाएर जे पायो त्यही बोल्न थालेपछि उप्रति अनमोलको इम्प्रेसन बिग्रियो ।

दुई दिनपछि अनमोलले मलाई फोन गर्यो । त्यो दाइ रक्सी नखाँदा अर्कै मान्छे र रक्सी खाएपछि अर्कै मान्छे हुनुहुँदो रहेछ । मलाई त अर्को छड्के ३ बनाउने हो कि भन्ने डर लाग्यो मामु भन्यो । स्क्रिप्ट पनि अधकल्चो छ, मैले साइन पनि गरेको छैन के गर्ने भनेर सोध्यो । मैले स्क्रिप्ट सुनाउ त भनेँ । अनमोलले सुनाए अनुसार चलचित्रमा उसको दुईवटा भूमिका छ जसमा एउटा पाइलटको भूमिका छ । मैले आधा सुनेपछि स्क्रिप्ट चित्त बुझेन भनेँ । साइन गरेको छैन, खुरुक्क चेक फिर्ता गर्देउन भनेर सिकाएँ ।

मैले बुवालाई चेक दिएर पठाउन त भन्दा बुवा यूरोप जानुभयो भन्यो । त्यसपछि मैले अर्को कोही विश्वासिलो मान्छेलाई दिएर पठाउ भने । उसले हुन्छ पनि भन्यो ।

बुवा हुनुहुन्न भनेपछि उसलाई खाना कसले पकाउँछ भनेर सोधेँ । उसले घरमा काम गर्ने छैन, बाहिरबाट मगाएर खान्छु भन्यो । त्यसो भए तिमी यतै दार्जिलिङ आउन त केही दिनलाई भन्दा उसले घरमा कोको (कुकुर)छ उसलाई हेर्नुपर्छ भन्यो । अनि म आफैं आउँछु अनि कोकोलाई पनि लिएर आउँला, काँकडभिट्टामा गाडी छोडेर दार्जिलिङ आउँला भन्दा उसले एक्वेरियममा माछालाई खुवाउनुपर्छ, फुलमा पानी हाल्नुपर्छ भन्यो । म यहाँ सेफ छु भनेपछि मैले पनि ठिकै छ भनेर छोडिदिएँ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति