२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

सुशान्त मृत्युबारे बोलिन् रिया: उनले आफ्नो ज्यान किन दिए थाहा छैन, म निर्दोष थिए

१९ आश्विन २०८०, शुक्रबार ०६:२१

असोज १९, काठमाडौँ | बलिउड अभिनेत्री रिया चक्रवर्ती आजकाल रियालिटी सो रोडिजमा ग्याङ लिडरको रूपमा देखिएकी छिन्।

बिहीबार उनी ‘इन्डिया टुडे कनक्लेभ २०२३’ मा देखिइन् र उनले त्यहाँ आफूमाथि गरिएका हरेक प्रश्नको जवाफ दिइन्।

सन् २०२० मा सुशान्त सिंह राजपूतको मृत्युपछि रियाले पहिलो पटक सुशान्त राजपूतको आत्महत्या, जेलमा बिताएका रात, सोसल मिडिया ट्रोलिङबारे अन्तर्वार्ता दिएकी छिन्।


सेसन मोडरेटर राजदीप सरदेसाईसँग कुरा गर्दै रियाले पछिल्लो तीन वर्षमा उनको जीवनमा धेरै परिवर्तन आएको बताइन्। उनले भनिन्, ‘तीन वर्ष अघि जब तपाईंले मेरो अन्तर्वार्ता लिनुभएको थियो तब मलाई आमन्त्रण गर्नुभएको थिएन। अब मलाई निमन्त्रणा पठाउनु भएको छ । जीवन एक चक्र हो। अब म मिडियासँग कुरा गरिरहेकी छु । जीवन अघि बढिरहेको छ। पहिला ३१ वर्षको उमेरमा मैले आफूभित्र ८१ वर्षकी वृद्धा महिला महसुस हुन्थ्यो। मुस्किल समयमा कि त तपाईं देवदास बन्न सक्नुहुन्छ कि थेरापीको सहारा लिएर अघि बढ्न सक्नुहुन्छ। मैले थेरापीको सहारा लिएँ।’

उनले सुशान्तले आफ्नो ज्यान किन दिए भन्ने आफूलाई थाहा नभएको तर उनले के कस्तो कुरा सहनुपर्‍यो भन्ने चाहिँ थाहा भएको बताएकी छिन्।

राजपूतको मृत्युबारे कुरा गर्दै उनले भनिन्, ‘केही मानिसले मैले नै केही गरेकी छु जसरी हेर्ने गर्छन्। कतिले ममाथि गलत भइरहेको छ भनेर सहानुभूति पनि देखाउँछन्। म मानिसको अनुहार पढ्न सक्छु। मलाई चुडेल नाम मनपर्यो। यसले मलाई केही फरक पार्दैन। के थाहा, मलाई साँच्चै नै कालो जादु आउँछ कि रु विवाहपछि कोही पुरुषले धेरै रक्सी खाए भने केटीले गर्दा यो सब भइरहेको छ भनेर भन्छन्। यदि उसको करियर खस्कियो भने ‘यो आएदेखि यस्तो भयो’ भनेर भन्ने गरिन्छ।’

उनले आफू जेलमा बस्दा धेरै कुरा सिकेको पनि बताएकी छिन्। उनले जेलमा बिताएका दिन सम्झिँदै भनिन्, ‘जेल रोचक हुन्छ किनभने तपाईं समाजबाट अलग्गिनुहुन्छ। जेलमा मैले धेरै कुरा सिकेँ। म अन्डर ट्रायल थिएँ। म दोषी थिइनँ। हामी फिल्मका लागि भागिरहन्छौँ तर जेलमा बसेकी एक महिलाले एउटा समोसा मात्रै पाइन् भने पनि त्यसमा कति खुसी मिल्छ भन्ने कुरा मैले थाहा पाएँ।’

आफ्नो  मुस्किल समयमा हौसलाका लागि परिवार उभिएको उनले बताएकी छिन्। उनले भनिन्, ‘मेरो बुवा आर्मीमा थिए। मेरो परिवारले मलाई बाँच्ने हिम्मत दियो। परिवार र मेरा थुप्रै साथीहरू मेरो साथमा रहे। उनीहरूलाई ममाथि विश्वास थियो। मेरा बुवा र भाइले ‘जीवनमा यस्तो समय आउला भनेर कहिल्यै नसोचेको बताए तर जे जति भयो, त्यसलाई स्विकारेको पनि बताए।’

सन् २०२० मा अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेपछि रियाको नाम उक्त घटनामा जोडिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प