२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘कौसीद’को क्लाइमेक्सले गलत सन्देश दिएको भन्दै बोर्डको आपत्ति, दिउँसोसम्मका शो रोकिए

२६ आश्विन २०८०, शुक्रबार ०७:१८

असोज २६, काठमाडौँ | सेन्सर बोर्डले फिल्मको क्लाइमेक्समा आपत्ति जनाएपछि शुक्रबार प्रदर्शन तयारीमा रहेको फिल्म ‘कौसीद’को बिहानी र दिउँसोका शोको प्रदर्शन रोकिएको छ । क्लाइमेक्सले गलत सन्देश दिएको भन्दै बोर्डले निर्मातालाई सच्याएर ल्याउन निर्देशन दिएको छ ।

सेन्सर बोर्डका अध्यक्ष नेत्रप्रसाद सुवेदीले फिल्मको क्लाइमेक्स सच्याएर ल्याए मात्र प्रदर्शन अनुमति दिइने बताए । ‘उहाँहरुको फिल्मको क्लाइमेक्समा असान्दर्भिक सन्देश जाने खालका दृश्य रहेछन् । यसले फिल्मले दिने सन्देश बिग्रिन्छ,’ सुवेदीले भने, ‘उहाँहरुलाई सच्याएर ल्याउन निर्देशन दिएका छौं ।’

बोर्डले सच्याएर फिल्म ल्याउन र त्यो भाग फाल्न निर्मातालाई भनिसकेको छ । सेन्सर बोर्डको निर्देशनअनुसार आफूहरुले बेलुकासम्म फिल्मलाई रिलिज गर्न लागेको निर्माता केदार भुसालले बताए । ‘क्लाइमेक्स सच्याएर बोर्डमा लैजादैंछौं,’ उनले भने ।

फिल्म रिलिज नभएपछि हलले पूर्वप्रकाशित शोको टिकट शुल्क दर्शकलाई फिर्ता दिइसकेका छन् । निर्माता भुसालका अनुसार अपरान्हदेखि फिल्म रिलिज हुने अपेक्षा गरिएको छ । कुमार भाष्कर निर्देशित यो फिल्ममा ऋचा शर्मा र भोलाराज सापकोटाको शीर्ष भूमिका छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु