२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

थलापति विजयको ‘लियो’लाई भारतका तीन ठूला मल्टिप्लेक्सले रिलिज नगर्ने

१ कार्तिक २०८०, बुधबार ०७:३३

कार्तिक १, काठमाडौँ | दक्षिण भारतीय अभिनेता थलापति विजय स्टारर ‘लियो’ बिहीबार नेपाली हलमा समेत रिलिज हुँदैछ । सुपरस्टारको उपस्थिति र लोकेश नागराज निर्देशित फिल्म भएकाले पनि फ्यानमाझ यो फिल्मलाई लिएर उत्साहजनक पर्खाइ छ ।

फिल्मको घोषणा भिडियोले सानोतिनो आँधी नै ल्यायो । दक्षिण भारतमा यसले विस्फोटक ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । उत्तरी भारतमा ओपनिङ आक्रामक हुन सक्ने बलिउड हंगामाले उल्लेख गरेको छ ।

यद्यपि, यो फिल्मले पश्चिम, उत्तर र दक्षिण भारतमा सीमित हल पाउनेछ किनभने भारतका तीन ठूला मल्टिप्लेक्स चेन पीभीआर, आइनक्स र सिनेपोलिसले फिल्मलाई रिलिज गर्न अस्वीकार गरेका छन् ।

यो प्रतीक्षित फिल्मको हिन्दी संस्करणलाई भारतका राष्ट्रिय चेनले रिलिज गर्नु नमान्नु पछाडि एक कारण देखिएको छ । यसो हुनुमा यो फिल्म हलमा रिलिज भएको चार सातामै ओटीटी प्लेटफर्ममा आउने निर्णय निर्माताले गर्नु हो ।

१ अगस्ट २०२२ मा भारतीय मल्टिप्लेक्सले हलमा रिलिज भएको आठ सातामा मात्र ओटीटीमा रिलिज गर्न पाउने निर्णय गरेका थिए । रजनीकान्तको ‘जेलर’ पनि हालै भारतका ठूला हलमा रिलिज भएन । यो फिल्मलाई पनि निर्माताले चार सातामै ओटीटीमा ल्याउन चाहेका थिए ।

तर मल्टिप्लेक्सले फिल्मको मौलिक संस्करणलाई भने हलमा रिलिज गर्न अनुमति दिएका छन् । ‘लियो’ ती ठूला हलमा रिलिज गर्न चाहे निर्माताले हिन्दीबाहेकका संस्करणमा देखाउनुपर्नेछ । स्रोतले टिप्पणी गर्‍यो, ‘चाखलाग्दो कुरा के छ भने पीभीआर, आइनक्स र सिनेपोलिसले लियोको तमिल संस्करणलाई भने हलमा रिलिज गर्नेछन् ।’ स्रोतका अनुसार लियोका निर्माताले ८० प्रतिशत सेयर मागेका थिए । तर मल्टिप्लेक्सले यसलाई अस्वीकार गरेका छन् । छलफल जारी र समस्या समाधान हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल