२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

थलापति विजयको ‘लियो’लाई भारतका तीन ठूला मल्टिप्लेक्सले रिलिज नगर्ने

१ कार्तिक २०८०, बुधबार ०७:३३

कार्तिक १, काठमाडौँ | दक्षिण भारतीय अभिनेता थलापति विजय स्टारर ‘लियो’ बिहीबार नेपाली हलमा समेत रिलिज हुँदैछ । सुपरस्टारको उपस्थिति र लोकेश नागराज निर्देशित फिल्म भएकाले पनि फ्यानमाझ यो फिल्मलाई लिएर उत्साहजनक पर्खाइ छ ।

फिल्मको घोषणा भिडियोले सानोतिनो आँधी नै ल्यायो । दक्षिण भारतमा यसले विस्फोटक ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । उत्तरी भारतमा ओपनिङ आक्रामक हुन सक्ने बलिउड हंगामाले उल्लेख गरेको छ ।

यद्यपि, यो फिल्मले पश्चिम, उत्तर र दक्षिण भारतमा सीमित हल पाउनेछ किनभने भारतका तीन ठूला मल्टिप्लेक्स चेन पीभीआर, आइनक्स र सिनेपोलिसले फिल्मलाई रिलिज गर्न अस्वीकार गरेका छन् ।

यो प्रतीक्षित फिल्मको हिन्दी संस्करणलाई भारतका राष्ट्रिय चेनले रिलिज गर्नु नमान्नु पछाडि एक कारण देखिएको छ । यसो हुनुमा यो फिल्म हलमा रिलिज भएको चार सातामै ओटीटी प्लेटफर्ममा आउने निर्णय निर्माताले गर्नु हो ।

१ अगस्ट २०२२ मा भारतीय मल्टिप्लेक्सले हलमा रिलिज भएको आठ सातामा मात्र ओटीटीमा रिलिज गर्न पाउने निर्णय गरेका थिए । रजनीकान्तको ‘जेलर’ पनि हालै भारतका ठूला हलमा रिलिज भएन । यो फिल्मलाई पनि निर्माताले चार सातामै ओटीटीमा ल्याउन चाहेका थिए ।

तर मल्टिप्लेक्सले फिल्मको मौलिक संस्करणलाई भने हलमा रिलिज गर्न अनुमति दिएका छन् । ‘लियो’ ती ठूला हलमा रिलिज गर्न चाहे निर्माताले हिन्दीबाहेकका संस्करणमा देखाउनुपर्नेछ । स्रोतले टिप्पणी गर्‍यो, ‘चाखलाग्दो कुरा के छ भने पीभीआर, आइनक्स र सिनेपोलिसले लियोको तमिल संस्करणलाई भने हलमा रिलिज गर्नेछन् ।’ स्रोतका अनुसार लियोका निर्माताले ८० प्रतिशत सेयर मागेका थिए । तर मल्टिप्लेक्सले यसलाई अस्वीकार गरेका छन् । छलफल जारी र समस्या समाधान हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड