कात्तिक १३, काठमाडौँ | अभिनेत्री आँचल शर्मा यतिबेला फिलिपिन्समा छिन् । दशैंको छुट्टी मनाउन श्रीमान डा. उदिप श्रेष्ठसहित फिलिपिन्स पुगेकी आँचलले सामाजिक सञ्जालमा विकिनी फोटो पोस्ट गरेकी छन् ।
उनले आइतबार सामाजिक सञ्जालबाट सार्वजनिक गरेको तस्बिरमा उनलाई बिकनीमा देख्न सकिन्छ । समुद्री किनारमा खिचाएको उनका बिकिनी तस्बिरले सामाजिक सञ्जाल लाइक र कमेन्ट समेत धेरै पाएको छ । आँचलका अनुसार फिलिपिन्सको बोराके आइल्यान्डमा उनले यो फोटो खिचाएकी हुन् । उनले क्याप्सन लेखेकी छन्– सन् स्यान्ड एन्ड स्माइल अल डे लङ (दिनभर घाम, बालुवा र मुस्कानहरु)
आँचलले राखेका तस्वीरले प्रशस्तै प्रतिक्रियाहरु जन्माएको छ । कतिले उनलाई ‘हट’ भन्दै फुर्काएका छन् त कतिले ‘विदेश जानासाथ विकिनी लगाउनैपर्ने ?’ भनेर उडाएका पनि छन् ।
आँचल पछिल्लो समय रामबाबु गुरुङ निर्देशक रहेको फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’ अभिनयरत छिन् । फिल्मको पहिलो चरणको छायांकन सकिएको छ । दोस्रो चरणको छायाँकन तिहारपछि सुरु हुनेछ । फिल्मको छायांकनको यो ग्याप समय सदुपयोग उनले फिलिपिन्स भ्रमणमा गरेकी हुन् ।
आँचल केही पहिले फिल्म ‘ह्वाइट हाउस’ र ‘पञ्चामृत’ पनि अनुबन्धित भएकी थिइन् । ‘ह्वाइट हाउस’ मा उनी रमेश उप्रेतीको जोडीको रुपमा देखिनेछिन् भने ‘पञ्चामृत’मा उनको जोडी धिरज मगर बन्नेछन् ।
अघिल्लो वर्ष फिल्म ‘झिँगेदाउ’ हिट दिएकी आँचलको यो वर्ष प्रदर्शनमा आएको ‘नाईं नभन्नू ल ६’ फ्लप भयो । ‘नाईं नभन्नू ल ६’ फ्लप भएपछि फुर्सदिलो बनेकी उनले हाल प्रदर्शनरत फिल्म ‘पशुपति प्रसाद २ ः भष्मे डन’मा एक गीतमा समेत अभिनय गरेकी छन् ।