१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

दर्शकसँग माफी माग्दै सुगमले भने- म बेसी भावनामा बहें, मैले पिउनु पनि हुँदैनथ्यो (भिडियो)

२० कार्तिक २०८०, सोमबार ०८:३९

कार्तिक २०, काठमाडौँ | गायक सुगम पोखरेलले अष्ट्रेलियाको कन्सर्टमा भएको माइक प्रहारको घटनालाई लिएर दर्शकसँग माफी मागेका छन् । उनले आफूबाट गल्ती भएको बताउँदै आफू भावनामा बहँदा घटना हुन पुगेको प्रतिक्रिया दिए ।

नेपाल ट्युबसँगको कुराकानीमा सुगमले आफू मानसिक रुपमा स्वस्थ रहेको उल्लेख गर्दै भगवानरुपी दर्शकलाई कहिल्यै पनि अनादर नगरेको बताएका छन् ।

शनिबार अष्ट्रेलियाको एडिलेडमा भएको कन्सर्टमा मदिरा पिएका सुगमले दर्शकमाथि माइक प्रहार गरेका थिए । उक्त घटनाको भिडियो भाइरल भएको थियो । उनले भूकम्पमा ज्यान गुमाएकाको मौन धारणको सन्दर्भमा आफू सम्हालिन नसक्दा घटना भएको प्रतिक्रिया दिएका छन् ।


उक्त कन्सर्टका आयोजकले पनि आइतबार नै सामाजिक सञ्जालबाट माफी मागिसकेका छन् । सार्वजनिक माफी मागेको भिडियोमा सुगमले अष्ट्रेलियाको कन्सर्टलाई निरन्तरता दिने वा नदिनेबारे केही बताएका छैनन् ।

सुगमले माफी माग्दै घटनाबारे यसरी सविस्तार बताएका छन् :

‘माफी माग्न चाहन्छु । मबाट गल्ती भएको हो । म बेसी भावनामा बहें । भगवान दर्शकप्रति कहिल्यै पनि अनादर गरेको छैन मैले । म आज यही नेपाली समाजले बनाएकाले गायक भएको हुँ । मैले पिउनु हुँदैनथ्यो । आई एम सरी ।

नेपालमा भुइँचालो गएर मान्छेहरु बितिरहनु भा‘थ्यो । मलाई मनमा कस्तो अप्ठ्यारो भइराथ्यो भन्दाखेरि अरे यार म गीत गाउन आइरहेको छु, उता त्यस्तो भइरहेको छ । कत्तिको आफ्नो परिवार बित्नुभएको छ । मैले सोचें– एकछिन मौन धारण गरुँ । अरु तपाईंले भिडियोमा देख्न सक्नुहुन्छ ।

म नेपालीहरुले गर्दा बनेको हुँ । नेपाललाई दुख्दाखेरि मलाई दुख्छ हेर्नुस् । म यसमा सरी भन्न चाहन्छु ।

बीचमा मैले मदिरा खान छाडेको थिएँ । एक महिना भयो फेरि सुरु गरेको । म खराब होइन तर समय खराब छ अहिले मेरो । म मेन्टल्ली ठीक छु अहिले । छोरी ११ मा पढ्छे ।

मेरो नियत गलत थिएन त्यो दिनमा पनि । मेरो कमजोरी के भन्दा मैले थोरै मदिरा सेवन गरेको थिएँ त्यो दिन, त्यो गर्नु हुँदैनथ्यो । नत्र भने मेरो नियत कहिल्यै पनि खराब छैन ।

धन्यवाद मलाई सुगम पोखरेल बनाइदिनुभएकोमा । नेपाली गीत अझै गाउनेछु । झनै गाउनेछु । म पनि मान्छे हुँ । दोष अझै छ, घटाउने प्रयासमा छु । मान्छेलाई गुण र दोषको आधारमा हेरियोस् । म अहिले पनि राम्रो मान्छे बन्न प्रयासरत छु ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार