१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

रश्मिका मन्दानाको ‘डीपफेक’ भिडियो भाइरल, कानुनी उपचार गर्न अमिताभ बच्चनको सल्लाह

२० कार्तिक २०८०, सोमबार ०९:४७

कार्तिक २०, काठमाडौँ | रश्मिका मन्दाना साइबर अपराधको सिकार हुने पछिल्लो भारतीय सेलिब्रिटी हुन्, जसको डीपफेक भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । उक्त भिडियोमा रश्मिकाको जस्तै अनुहार देखिने एक महिला एलिभेटरभित्र प्रवेश गर्छिन् ।

कालो पहिरन लगाएकी ती महिलाको अनुहार काटीकुटी ‘पुष्पा’ अभिनेत्री रश्मिकाको जस्तै देखिन्छ । भिडियो भाइरल बनेपछि धेरैले यसलाई नक्कली भएको बताएका छन् । तर बलिउड अभिनेता अमिताभ बच्चनले यसमा अलग धारणा राखे ।


रश्मिकाको डीपफेक भिडियो सामाजिक सञ्जालमा देखा परेपछि अमिताभले तुरुन्तै यसविरुद्ध कानुनी कारवाहीको माग गरे । लगत्तै इन्टरनेट प्रयोगकर्ताले उक्त भिडियो जारा पटेल नामक भारतीय मूलकी एक बेलायती महिलाको भएको भन्दै तथ्यजाँच गरे । ती महिलाको इन्स्टाग्राममा ठूलो फ्यान फलोइङ समेत छ ।

रश्मिकासँग ‘गुडबाइ’ फिल्ममा सहकार्य गरेका अभिनेता बच्चनले एक्समा लेखेका छन्, ‘यो बलियो कानुनी मामिला हो ।’ रश्मिकाले भने उक्त भिडियोबारे केही बताएकी छैनन् । सन् २०२२ मा साउथ स्टार रश्मिकाले ‘गुडबाइ’बाट बलिउडमा डेब्यु गरेकी थिइन् ।

रणवीर कपुरसँग रश्मिकाको अभिनय रहेको फिल्म ‘एनिमल’ प्रदर्शनको तयारीमा छ । यो फिल्म डिसेम्बर १ मा प्रदर्शन तयारीमा छ । पछिल्लो समय कृत्रिम बौद्धिकता (एआई)को कारण सेलिब्रिटी डीपफेक भिडियोको सिकार बनिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार