२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

टिकटक बन्दबारे रेखाको कटाक्ष : यति सानो एप बन्द हुँदा रुवाबासी गर्नेले देश बनाउने रे !

१ मंसिर २०८०, शुक्रबार ११:०७

मङ्सिर १, काठमाडौँ | नेपालमा टिकटक बन्द भएपछि यतिबेला प्रयोगकर्ता र दलका प्रायः नेता टिकटक बन्दको विरोधमा उत्रिएका छन् भने कतिपयले बन्द गर्ने निर्णयप्रति समर्थन जनाएका छन् ।

यस्तोमा सेलिब्रिटीले टिकटक बन्दबारे आफ्ना धारणा राखिरहेका छन् । अभिनेत्री रेखा थापा समसामयिक मुद्दामा धारणा राख्ने अभिनेत्रीमध्ये पर्छिन् । राप्रपाकी नेतृसमेत रहेकी रेखाले टिकटक बन्दबारे प्रतिक्रिया दिएकी छिन् । उनले एक्स (पहिलेको ट्वीटर)मा यसबारे धारणा राख्दै लेखेकी छन्, ‘यति सानो एउटा एप बन्द हुँदा यस्तो रुवाबासी गर्ने केही नेता र केही सो–कल्ड इन्टलेक्चुअल (कथित बौद्धिक)ले देश बनाउने रे ।’

रेखाको यो टिप्पणीमा विभिन्न कमेन्ट छन् । रेखाको यो अभिव्यक्ति कतातिर लक्षित हो बुझ्न कठिन छैन । रास्वपा, एमाले, कांग्रेस लगायतका दलका नेताले टिकटकमा रोक लगाउने निर्णयको विरोध गरिरहेका छन् ।

टिकटक बन्द गर्ने सरकारको निर्णयको विरोधमा शुक्रबार मात्रै सर्वोच्च अदालतमा आठवटा रिट दायर भएका छन् । अदालतले सोमबारलाई प्रारम्भिक सुनुवाइको मिति तय गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल