४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘दिमाग खराब’लाई ‘मिसन ८४’ भनिएपछि निश्चल भन्छन्, ‘राम्रै कुरा हो’

६ मंसिर २०८०, बुधबार ०८:३२

मङ्सिर ६, काठमाडौँ | निर्देशक निश्चल बस्नेतले ११ वर्षको अवधिमा ‘लुट’, ‘टलकजंग भर्सेस टुल्के’, ‘लुट २’ र हाल प्रदर्शनरत ‘दिमाग खराब’ गरि चारवटा फिल्म बनाए । यी चारवटै फिल्ममा कुनै न कुनै रुपमा राजनीति जोडिएको छ । ‘दिमाग खराब’लाई त राजनीतिक विषयमा बनेको फिल्मको रुपमा धेरैले ब्याख्या गरेका छन् । भलै, निश्चल यो स्वीकार गर्दैनन् । फिल्ममा सामाजिक कथा रहेको उनको अडान छ ।


फिल्मले एउटा साधारण मान्छेको कथा भनेको छ । चरम गरिबीले वैदेशिक रोजगारीमा जान विमानस्थलसम्म पुगेर फर्किएको एक पात्रको संघर्षको कथा छ । र, ऊ कसरी राजनीतिमा लाग्न बाध्य हुन्छ भन्ने कथाको वरिपरि फिल्म घुमेको छ । ‘दिमाग खराब’लाई २०८४ सालको निर्वाचनलक्षित पनि भन्न थालिएको छ । किनभने, फिल्ममा स्वतन्त्र उम्मेदवारप्रतिको आकर्षणलाई देखाइएको छ ।

फिल्ममा स्वतन्त्र उम्मेदवारको झण्डा निलो रंगको छ । रवि लामिछानेले नेतृत्व गरेको पार्टी रास्वपाको झण्डाको रंग पनि निलै छ । कतिपयले ‘दिमाग खराब’लाई रास्वपाको फिल्म समेत भनेका छन् । निश्चल भने यसलाई हेर्ने नजरियामा फरक पर्ने तर्क राख्छन् । उनी फिल्म राजनीतिक कथामा बनेको स्वीकार गर्न तयार छैनन् । आफूले एउटा साधारण मान्छेको कथा भनेको उनको दाबी छ ।

‘मेरो लागि यो राजनीतिक फिल्म हैन । फिल्ममा मैले इन्द्र शर्माको कथा भनेको छु । उसको परिवार र साथीको कथा छ । उसलाई कसरी समस्या आयो र कसरी संघर्ष गर्दै गयो भन्ने देखाइएको छ । मैले कुनै राजनीतिक विचारधाराबाट फिल्म बनाएकै हैन,’ उनी भन्छन्, ‘झण्डाको रंगले गर्दा यो पार्टीतिर ढल्किएको होला भन्ने कतिपयलाई लागेको होला । खासमा बुझाई फरक परिरहेको हो ।’

‘दिमाग खराब’लाई ‘मिसन ८४’ भनिएकोप्रति भने उनलाई आपत्ति छैन । यसलाई जसले जसरी बुझ्दा पनि हुने निश्चलको तर्क छ । ‘मैले यो फिल्म बनाउनु पछाडिको उद्देश्य चाहिँ केही चीज भन्नलाई हो । मैले फिल्मबाट बुझाउन खोजेको कुरा के हो जसले जसरी बुझ्दा पनि हुन्छ । देशलाई राम्रो बनाउन सक्छौं र जनतालाई जागरुक बनाउन सक्छौं भने त राम्रै कुरा हो नि,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ