२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

२ दिनमा १ अर्ब रुपैयाँ कमाउने पाँचौँ भारतीय फिल्म बन्यो एनिमल

२०८०, १७ मंसिर आईतवार ०६:३८

मङ्सिर १७, काठमाडौँ | रणवीर कपुरको फिल्म एनिमल रिलिज हुनु अघि नै यसप्रति दर्शकहरूको क्रेज धेरै थियो । एड्भान्स बुकिङले पनि फिल्मको ओपनिङ भव्य हुने देखिएको थियो । 

तर शुक्रबार बक्स अफिसमा फिल्म यो वर्षको दोस्रो ठुलो ओपनिङ भएको फिल्म बन्न सक्छ भनेर चाहिँ कमैले सोचेका थिए । पहिलो दिनमै ६३ करोड भारुको कलेक्सन गरेर फिल्मले त्यो रेकर्ड पनि बनायो । 

फिल्म रणवीरको करियरको सबैभन्दा ठुलो ओपनिङ बनेर आयो । फिल्मले रणवीरलाई सुपरस्टारको ट्याग त लगाइदिएको छ नै यो उनको करियरको सबैभन्दा ठुलो फिल्म बन्ने बाटोमा पनि छ ।

फिल्मले क्रिटिक्सहरुबाट मिश्रित प्रतिक्रिया पाइरहेको भए पनि दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । शुक्रबारदेखि एड्भान्स बूकिङ कम भए पनि शनिबार फिल्मले शानदार कमाइ गरेको देखिन्छ । 

स्याकनिल्कको रिपोर्ट अनुसार दोस्रो दिन अर्थात् शनिबार फिल्मले ६६ करोड भारु कलेक्सन गरेको छ । शुक्रबार र शनिबार गरेर फिल्मले १ अर्ब भारु भन्दा धेरै कमाएको छ । दुई दिनमा फिल्मको कमाई १ अर्ब ३० करोड भारु छ ।

यो फिल्मको धमाकेदार सफलतासँगै रणवीर एलिट लिस्टका हिस्सा बनेका छन् । शाहरुख खानको पठान र जवान, सलमान खानको टाइगर ३, यशको केजीएफ २ मात्रै अहिलेसम्म २ दिनमा १ अर्ब भारु कलेक्सन गर्ने फिल्म हुन् । रणवीरको एनिमलले २ दिनमा १ अर्ब रुपैयाँ कमाउने पाँचौँ भारतीय फिल्म बनेको छ । फिल्मप्रति दर्शकको क्रेज हेर्दा आइतार पनि यसले लोभलाग्दो कमाई गर्ने अनुमान लगाउन सकिन्छ । आगामी दिनमा एनिमलले के कस्तो रेकर्ड बनाउँछ अनि तोड्छ यो चाहिँ हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति