२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘सीआईडी’ का अभिनेता दिनेश फडनिसको निधन

१९ मंसिर २०८०, मंगलवार ०७:०८

मङ्सिर १९, काठमाडौँ | चर्चित भारतीय टिभी कार्यक्रम ‘सीआईडी’मा फ्रेडरिकको भूमिका निर्वाह गरेका अभिनेता दिनेश फडनिसको निधन भएको छ । उनका सहकलाकार दयानन्द शेट्टीले फडनिसको निधनको पुष्टि गरेको इण्डियन एक्सप्रेसले लेखेको छ । 


अभिनेताले मुम्बईस्थित तुंगा अस्पतालमा उपचार गराइरहेका थिए । उनको अन्तिम संस्कार दौलत नगर श्मशान गृह, बोरिवली पूर्वमा गरिने भएको छ ।

दयाले दिनेशको निधन ‘मल्टिपल अर्गन फेल’को कारणले भएको बताए । उनले भने, ‘धेरै जटिलता थिए र उनलाई हिजो राति भेन्टिलेटरबाट हटाइयो । दिनेशको अन्तिम संस्कार बिहान १०:३० बजे मुम्बईमा हुनेछ,’ शेट्टीले भने ।

यसअघि आइतबार हृदयघात भएको खबर आएपछि दिनेशलाई अस्पताल भर्ना गरिएको थियो । पछि दयाले यो कार्डियक अरेस्ट नभएर कलेजोमा क्षति भएको जानकारी दिए ।

सन् १९९८ मा पहिलोपटक प्रसारण भएर सोनी टिभीमा २० वर्षसम्म चलेको कार्यक्रम ‘सीआईडी’मा फ्रेडरिकको भूमिका खेलेपछि दिनेश चर्चित बनेका थिए ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल