२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

शाहरूखको फिल्म ‘जवान’ र ‘पठान’ को रेकर्ड तोड्दै ‘एनिमल’ को नयाँ रेकर्ड

२५ मंसिर २०८०, सोमबार ११:२५

मङ्सिर २५, काठमाडौँ | बलिउड अभिनेता रणवीर कपूर अभिनीत फिल्म 'एनिमल' ले भारतीय बक्स अफिसमा नयाँ रेकर्ड राखेको छ। 

फिल्मले प्रदर्शनको १० औं दिन नयाँ रेकर्ड राखेको हो। यो १० औं दिनमा सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म बनेको छ। यसले शाहरूख खानको फिल्म 'जवान' र 'पठान' को रेकर्ड तोड्दै नयाँ रेकर्ड राखेको हो। 

भारतीय सञ्चारमाध्यमका अनुसार 'एनिमल' ले १० औं दिन भारतमा ३७ करोड भारू कमाएको छ। 'जवान' ले ३६ करोड ८५ लाख भारू कमाएको थियो भने 'पठान' ले २८ करोड ५ लाख भारू कमाएको थियो। 

'एनिमल' ले विश्वभरबाट ६९७ करोड भारू कमाइ गरेको छ भने भारतमा ४३२ करोड २७ लाख भारू कमाइ गरेको छ। 

'एनिमल' ले ५४ करोड ७५ लाख कमाउँदै सन् २०२३ मा सर्वाधिक ओपनिङ गर्ने तेस्रो हिन्दी फिल्म बनेको छ। यसअघि शाहरूख खानको 'जवान' ले हिन्दी संस्करणमा पहिलो दिन ६५ करोड ५० लाख भारू कमाएको थियो भने 'पठान' ले ५५ करोड भारू कमाएको थियो। 

सन्दिप रेड्डी वांगाले निर्देशन गरेको फिल्ममा रणवीरसँगै रश्मिका मन्दना, बबी देओल, अनिल कपूरको मुख्य भूमिका छ। फिल्ममा अनिल रणवीरको बाबुको भूमिकामा छन् भने रश्मिका उनको श्रीमतीको भूमिकामा देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने