२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

आफ्नो डिपफेक भिडियोबारे आलियाको प्रतिक्रिया ?

२७ मंसिर २०८०, बुधबार ०६:४६

मङ्सिर २७, काठमाडौँ | पछिल्ला दिनमा बलिउडमा एकपछि अर्को गर्दै डिपफेक भिडियोहरू सार्वजनिक भए । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको भिडियोदेखि शुरु भएको यो मामिलामा काजोल, कट्रिना कैफ र आलिया भट्ट जस्ता अन्य चर्चित अभिनेत्रीको समेतको नक्कली भिडियोहरु आए । हालै मात्र आलिया भट्टले रेड सी इन्टरनेशनल फिल्म फेष्टिबलमा आफ्नो डिपफेक भिडियोबारे प्रतिक्रिया दिएकी छन् ।


कार्यक्रममा आलियाले हार्ट अफ स्टोनमा काम गर्दाको आफ्नो अनुभवदेखि आफ्नो आगामी फिल्म जिगरासम्म खुलेर कुराकानी गरेकी थिइन् । त्यसबेला अभिनेत्री आलियाले आफ्नो भाइरल डिपफेक भिडियोमा पनि प्रतिक्रिया दिइन् । ‘भन्नलाई त धेरै कुरा छन् । मलाई यस्तो लाग्छ कि जहाँ राम्रो कुरा हुन्छ त्यहाँ नराम्रो कुरा पनि हुन्छन्’ आलियाले भनिन् । एआईले केही व्यवसायका लागि अवसरको बाटो खोल्ने भएपनि अरुको लागि यो हानिकारक हुन सक्ने उनले बताइन् । ‘यसलाई हामीले राम्रो ढंगले बुझ्न थाल्यौ भने सर्वसाधारणको सुरक्षाको लागि कानुन पनि बन्नेछ भन्ने मलाई आशा छ,’ आलियाले भनिन् ।

शुरुमा रश्मिका मन्दानाको डिपफेक भिडियो भाइरल बनेको थियो । त्यतिबेला रश्मिकाको समर्थनमा अमिताभ बच्चनले खुलेर बोलेका थिए । बलिउड अभिनेत्री मृणाल ठाकुरदेखि दक्षिण भारतीय स्टार नागा चैतन्यसम्मले डिपफेकबारे चिन्ता व्यक्त गरेका थिए । कृत्रिम बौद्धिकताको नियमनसम्बन्धी कानुन ल्याउन सरकारसँग माग समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने