२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

रेखा थापाले भनिन्- म चन्द्रमामै गए पनि कसैले टाउको दुखाउनु पर्दैन

२०८०, २८ मंसिर बिहीबार ०७:२१

मङ्सिर २८, काठमाडौँ | अमेरिकामै ‘बेबी प्लान’ गर्ने अभिनेत्री रेखा थापाको योजनालाई लिएर सामाजिक सञ्जाल विभाजित देखिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको पक्ष-विपक्षमा मत राखिरहेका छन् ।

रेखा थापा जस्तो ठूलो सेलिब्रिटीले यस्तो निर्णय गर्दा समाजमा गलत सन्देश जाने आलोचकको तर्क छ । तर रेखा थापा व्यक्ति पनि भएको र उनको निजी अधिकारलाई सम्मान गर्नुपर्ने कतिपयको मत छ ।


टाइमलाइनमा चलेको यो बहसमा रेखाले प्रतिक्रिया दिएकी छन् । उनले आफू चन्द्रमामै गए पनि कसैले टाउको दुखाउन नपर्ने तर्क गरेकी छन् । एक भिडियो कुराकानीमा रेखाले अमेरिकामै बेबी प्लान गर्ने योजना आफ्नोभन्दा पनि श्रीमानको अधिकार र रुचिमा आधारित रहेको बताएकी छन् ।

रेखा लेख्छिन् :

‘श्रीमानको पनि इच्छा हुन्छ होला । उसले आफ्नो व्यवसाय भएको ठाउँ । घरपरिवार भएको ठाउँ लैजान खोज्दैन त ? सन्तान त्यहीं जन्म भएको हेर्न चाहँदैन होला त ? मेरो मात्र अधिकारको कुरा हुँदैन त ? अर्को कुरा यो भ्याकेसनको कुरा हो । म पेट बोकेकै कारणले जान पाउँदिन होला त ?

मेरो बच्चा १८ वर्ष पुगिसकेपछि ऊ कहाँको नागरिक बन्ने उसको कुरा हो । १८ वर्ष पुग्दा म मेरो बाबु आमाको देशको नागरिक बन्छु भनेर गर्व गर्ने वातावरण सिर्जना पो मैले गर्ने हो त । मैले बच्चा जहाँसुकै जन्माए पनि त्यो सरोकारकै कुरा होइन । १८ वर्षपछि त्यो बच्चाको अधिकारको कुरा हो । मेरो राइटको कुरा हैन ।

रेखा थापाले के गर्छे त्यो महत्वपूर्ण हो । म मेरो देश छाडेर कहीं पनि गएको छैन । म मेरो देशमा बस्ने हो । मैले मेरो देशमा काम गर्ने हो । उनीहरु कहाँ जान्छन्, त्यो उनीहरुको कुरा हो । उनीहरुलाई मैले पखेंटा काट्ने मेरो अधिकार छैन ।

 हरेक पुरुषले आफ्नो परिवार, आफ्नो आमाबाबुसँगै सन्तान जन्मियोस् भन्ने चाहन्छ । माइतीमा जन्माउने चलन त छैन होला नि हाम्रो त । यो विषयमा कोही पनि त्यति धेरै फुर्सदिलो नबन्नुस् । यो अनावश्यक कुरा हो । माइ लाइफ, माइ च्वाइस । मेरो मात्र च्वाइसको कुरा हुँदैन, मेरो श्रीमानको पनि कुरा हुन्छ । म चन्द्रमामै गए पनि कसैले टाउको दुखाउनु पर्दैन ।’

रेखा गत बुधबार श्रीमान बलराम शाहीसँगै अमेरिका प्रस्थान गरेकी थिइन् । चिकित्सकले माघ अन्त्य वा फागुन पहिलो साताको डेलिभरी डेट दिएका छन् । फागुनमै उनको फिल्म ‘उपहार’ पनि रिलिज हुँदैछ । फिल्मको भर्चुअल प्रचार गर्ने उनको तयारी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति