२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘दान्भी’को टिजर सार्वजनिक, पूजा शर्माको दमदार एक्सन

२०८०, २८ मंसिर बिहीबार ११:३८

मङ्सिर २८, काठमाडौँ | अभिनेत्री पूजा शर्माको मुख्य भुमिका रहेको सिनेमा ‘दान्भी’को टिजर सार्वजनिक भएको छ । उनी पहिलोपटक यो सिनेमामा एक्सन भूमिकामा प्रस्तुत हुँदैछिन् । यहीकारण पनि यो सिनेमा उनका लागि विशेष छ । एक्सनमा राम्रो सम्भावना देखाएको अवस्थामा उनको पहिचान नै फरक बन्नेछ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सिनेमाको सार्वजनिक टिजरमा पूजा ‘फुल अन एक्सन’ अवतारमा चित्रित छिन् । १ मिनेट ३३ सेकेण्ड लामो टिजर जलिरहेको चिताको दृश्यबाट सुरु छ । पृष्ठभूमिमा पूजाको ‘भ्वाइस ओभर’ राखिएको छ । उनी टिजरमा समावेश एक्सन दृश्यमा छरितो देखिएकी छन् ।

आगामी २०२४ मा प्रदर्शन लक्ष्य राखिएको सिनेमामा पूजाको जोडी डेव्यु-अभिनेता कुन्साङ बम्जनसँग बाँधिएको छ । टिजरको एक सिनमा उनलाई बचाउन पूजा गाडीले भित्ता फोडेर निस्किएकी छन् । मेशिनगन चलाउँदै प्रस्तुत छिन् । बदलाको कथामा बनेको सिनेमालाई रुपेश तामाङले निर्देशन गरेका हुन् ।

सिनेमामा श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ । देव मगर र अनुप गडाल निर्माता, पवन राना मगर कार्यकारी निर्माता तथा कमला लिम्बु, पञ्च बहादुर तामाङ र श्रवणकुमार श्रेष्ठ सह-निर्माता रहेको सिनेमामा हरि लामा ‘घले’को छायांकन छ ।

संजोग कुँवर रानाको पटकथा तथा संवाद लेखन, बन्दे प्रसादको सम्पादन, सत्यम राना र श्रीकृष्ण श्रेष्ठको भीएफक्स तथा गीतहरुमा अर्जुन पोखरेल, नरेश योगी र केदारराज नेपालीको संगीत सिनेमामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति