२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘पुष्पा’ का अभिनेताले स्वीकारे आफ्नो अपराध

३ पुष २०८०, मंगलवार ०८:०३

पुस ३, हैदरबाद । अल्लु अर्जुन र रश्मिका मन्दनाको मुख्य भूमिका रहेको फिल्म पुष्पाका ‘केशव’ अर्थात् अभिनेता जगदीश प्रताप बंदरीलाई प्रहरीले पक्राउ गरेको छ । जुनियर महिला कलाकारको आत्महत्याको मामिलामा प्रहरीले अभिनेता सोधपुछ गरिरहेको थियो । यस क्रममा जगदीशले आफूमाथिको अभियोग स्वीकार गरेसँगै उनलाई प्रहरीले पक्राउ गरेको हो । महिलाले नोभेम्बर २९ मा आत्महत्या गरेकी थिइन् ।

यो मामिलाको छानबिनका क्रममा प्रहरीले जगदीशलाई डिसेम्बर ६ मा हिरासतमा लिएका थिए । सुकुमारको निर्देशनमा बनेको ब्लकबष्टर प्यान इन्डिया एक्सन ड्रामा ‘पुष्पा–द राइज’मा जगदीशले अल्लु अर्जुनको साथी केशवको भूमिका निर्वाह गरेका थिए । यो फिल्ममा उनको पात्रलाई दर्शकले निकै रुचाएका थिए ।


के थियो मामिला ?

नोभेम्बर २९ मा एक महिला जुनियर आर्टिस्टले पासो लगाएर आत्महत्या गरिन् । यो घटनापछि महिलाको पिताले प्रहरीमा जाहेरी दिए । छानबिनको क्रममा जगदीशले निजी अन्तरङ्ग फोटोहरू देखाएर महिलालाई ब्यलाकमेल गर्ने गरेको खुलासा भयो । ब्ल्याकमेल सहन नसकेर महिलाले आत्महत्या गरेकी थिइन् । जगदीशले अर्को व्यक्तिसँग मिलेर लुकेर महिलाको फोटो खिचेका थिए । पुछताछका क्रममा उनले आफूले गरेको अपराध स्वीकारे । आफूले गलत आशयले महिलाको तस्बिर खिचेको उनले प्रहरीलाई बताए ।

तस्बिर सार्वजनिक गरिदिन्छु भन्दै आफूले महिलालाई धम्क्याएको पनि उनले बताएका थिए । ती महिलालाई जगदीशले एकतर्फी रूपमा प्रेम गर्थे । तर महिला अरू कसैको प्रेममा थिइन् । आफूले मन पराएको महिला अरूको साथमा देख्दा आफू ईर्ष्याले जलेको अनि यस्तो हरकत गरेको अभिनेताले स्वीकार गरेका छन् । पुष्पा–२ मा जगदीशको राम्रै भूमिका छ । अहिले फिल्मको सुटिङ चलिरहेको छ । यो घटनापछि फिल्ममा उनले खेलेको पात्र अब कसले खेल्छ भन्ने प्रश्न उठिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला