२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

नयाँ रेकर्ड बनाउँदै प्रभास

२०८०, ११ पुष बुधबार ०७:४८

पुस ११, काठमाडौं | बाहुबलीपछि दक्षिण भारतीय अभिनेता प्रभासको करियर आकाशिएको थियो । विश्वभर नै उनको फ्यान फलोइङ बढ्न थाले । 

बाहुबली अल टाइम ब्लकबष्टर फिल्म बन्यो । यसपछि उनले आफ्नो फिस पनि बढाइदिए । २२ वर्षको फिल्मी करियरमा प्रभासको पोल्टामा हिटभन्दा धेरै फ्लप फिल्म थिए । 

बाहुबली यता त उनले झन् एउटै हिट दिन सकेनन् । कतिले उनको करियर अब डुब्यो समेत भनिदिए । यस्तोमा सालारले उनको डुब्नै लागेको करियरको डुंगालाई किनारा लगाइदिएको छ । सालार हिट भएसँगै प्रभसले अर्को रेकर्ड पनि आफ्नो नाममा बनाएका थिए ।

दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार प्रभासको फिल्म सालारले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । पहिलो दिनमै सय करोड भारु भन्दा धेरै कमाउने सालार प्रभासको चौथो फिल्म हो । सालारले वर्ल्डवाइड बक्स अफिसमा पहिलो दिन १७८ करोड भारु कमाएको  थियो । यस्तो रेकर्ड दक्षिण भारतीय फिल्म उद्योगका सूर्या, धनुष, थलपति विजयजस्ता स्टारहरुले समेत बनाउन सकेका छैनन् ।

बाहुबलीको दुबै भाग रिलिज भएलगत्तै प्रभासको लोकप्रियता बढेको थियो । उनको आगामी फिल्मप्रति दर्शकहरुले निकै आशा गरेका थिए । तर निकै आशा गरिएको आदिपुरुषले दर्शकहरुलाई निराश बनायो । 

सालारको साथमा प्रभासले आफ्नो धमाकेदार पुनरागमन गरेका छन् । दर्शकहरुले पनि यो फिल्मलाई निकै माया दिइरहेका छन् । सालार उत्तर अमेरिकामा सबैभन्दा धेरै कमाउने दक्षिण भारतीय फिल्म बनेको छ ।

खबरहरुका अनुसार फिल्मले पहिला सप्ताहन्तमा उत्तर अमेरिकामा ५० लाख डलरको ओपनिङ गरेको छ । उत्तर अमेरिकामा ५० लाख डलर कमाउने यो प्रभासको तेस्रो फिल्म हो । 

यस अघि बाहुबली १ र २ ले पनि यती नै कमाइ गरेको थियो । विदेशमा मात्रै होइन भारतमा पनि सालारको कमाई धमाकेदार छ । दक्षिण भारतमा मात्रै नभएर भारतीय बेल्टमा पनि फिल्मले राम्रो कमाइ गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति