२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

नेपाली फिल्म खेल्दै दक्षिण भारतीय सुपरस्टार विजय सेतुपति !

२० पुष २०८०, शुक्रबार ०९:१६

पुस २०, काठमाडौं | दक्षिण भारतीय सुपरस्टार विजय सेतुपति नेपाली फिल्ममा देखिने सक्ने चर्चा सुरु भएको छ । नेपाली अभिनेता बिराज भट्टसँगको उनको बिहीबार सार्वजनिक एक तस्बिरले यस्तो सङ्केत दिएको हो ।

आफ्नो डेब्यू निर्देशन रहेको चलचित्र ‘साङ्लो’ पछि सुस्ताएका बिराजले केही समयअघि ‘बाह्र गाउँ’ नामक चलचित्रको घोषणा गरेका छन् । चलचित्रको उनीसँगै अन्य कलाकार को होलान् भन्ने चासो भइरहँदा बिराजले विजयसंग खिचेको तस्बिर सार्वजनिक भएको हो ।


जसलाई सहकार्यको तयारी हुन लागेको चर्चा गरिदा यस विषयमा बिराजले केही बोलेका छैनन् । उनले आफूले फोटो सार्वजनिक नगरी निकटका पत्रकार दिनेश सिटौलालाई सार्वजनिक गर्न लगाएका छन् ।

सार्वजनिक तस्बिरमा विजय र बिराज निकै खुसी देखिएका छन् । विजय पछिल्लो पटक एक वेब सिरिजको छायाङ्कनका लागि नेपाल पनि आएका थिए ।

दक्षिण भारतीय तथा बलिउड चलचित्रमा राम्रो छवि भएका विजय ‘जवान’मा शाहरूख खानको अपोजिट चरित्रपछि अझ चर्चामा छन् ।

यता नेपाली चलचित्रमा कुनै समय एकछत्र राज गरेका बिराज भोजपुरी चलचित्रमा समेत सुपरस्टार हुन । उनले भोजपुरी चलचित्रमा बनाएको सुपरस्टारको छविले पनि दक्षिण भारतीय स्टार उनको चलचित्रमा काम गर्न इच्छुक भएको हुनसक्ने आकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला