२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

शाहरुखको करिअरकै सर्वाधिक कमाइ गर्ने तेस्रो फिल्म बन्यो ‘डंकी’, कति कमायो?

२०८०, २३ पुष सोमबार १०:४६

पुस २३, काठमाडौँ | शाहरुख खान स्टारर बलिउड फिल्म 'डंकी'ले विश्वभरबाट ४३६ करोड ४० लाख भारतीय रुपैयाँको आँकडा पार गरिसकेको छ। यो कमाइसँगै 'डंकी' शाहरुखको करियरकै सर्वाधिक कमाइ गर्ने तेस्रो फिल्म बनेको छ। 

शाहरुखले आफ्नै फिल्म 'चेन्नई एक्सप्रेस'को रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेका हुन्। सन् २०१३ मा रिलिज भएको चेन्नई एक्सप्रेसले विश्वभरबाट ४२३ करोड कलेक्सन गरेको थियो। 


सन् २०२३ शाहरुखका लागि निकै फलदायी रह्यो। त्यसै वर्ष रिलिज भएको 'जवान' शाहरुखको करियरकै सर्वाधिक कमाउने पहिलो फिल्म हो। जवानले विश्वभरि ११५२ करोड भारु ग्रस कलेक्सन गरेको थियो। 

साथै यस फिल्मले सर्वाधिक कमाई गर्ने पहिलो हिन्दी फिल्मको रेकर्ड कायम गर्न समेत सफल भएको छ। दोस्रो नम्बरमा भने 'पठान' रहेको छ। गत २५ जनवरीमा रिलिज भएको पठानले विश्वभरिबाट १०५०.८ करोड भारुको व्यापार गरेको थियो। 

राजकुमार हिरानी निर्देशित 'डंकी' ले घरेलु बक्सअफिसमा भने २१६.६७ करोड भारु कमाएको छ। यस फिल्ममार्फत राजकुमार र शाहरुखले पहिलोपटक सहकार्य गरेका हुन्।

हिरानीकै कथा रहेको फिल्ममा शाहरुखका साथै तापसी पन्नु, विक्की कौशल, बोमन इरानी, दिया मिर्जा लगायतको अभिनय छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति