२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘१२ वीं फेल’ फिल्मफेयरमा हावी, रणवीर–आलियाले जिते उत्कृष्ट अभिनेता अभिनेत्रीको अवार्ड (सुची)

१५ माघ २०८०, सोमबार ०५:३६

माघ १५, मुम्बइ | आइतबार गुजरातको गान्धी नगरमा ६९औँ फिल्मफेयर अवार्डको आयोजना गरिएको थियो । 

यस पटक करण जोहर र मनिष पलले शो होस्ट गरेका थिए। वरुण धवन, जान्हवी कपूर र करीना कपुर खानजस्ता धेरै सेलिब्रेटीहरू उनीहरूको अभिनयबाट प्रभावित भएका थिए ।  यस वर्ष कुन विधामा कसले जिते अवार्ड ? 

यो सुचीमा पहिलो नाम बलिउड अभिनेता रणवीर कपुरको छ । ‘एनिमल’मा उत्कृष्ट अभिनयका लागि रणवीरले उत्कृष्ट अभिनेताको अवार्ड पाएका थिए । जहाँ फिल्म  ‘रकी और रानी की प्रेम कहानी’ बाट आलिया भट्टले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् ।


सर्वश्रेष्ठ निर्देशक

यस पटक फिल्मफेयर अवार्ड २०२४ मा ‘१२ वी फेल’ थियो। यस कल्ट फिल्मका लागि विधु विनोद चोपडालाई उत्कृष्ट निर्देशकको अवार्ड दिइएको थियो ।

उत्कृष्ट सहायक अभिनेता पुरुष

उनले शाहरुख खानको सुपरहिट फिल्म  ‘डंकी’ मा विक्की कौशलको भूमिकाका लागि उत्कृष्ट सह–अभिनेता पुरुषको अवार्ड पाएका छन् ।

सर्वश्रेष्ठ डेब्यू निर्देशक

तरूण धुधेजाले ‘धक धक’ बाट उत्कृष्ट डेब्यु निर्देशकको अवार्ड पाएका छन् ।

उत्कृष्ट डेब्यु महिला–पुरुष

उत्कृष्ट डेब्यु फिमेलको अवार्ड ‘फररे’ अभिनेत्री अलिजेह अग्निहोत्रीले जिते भने ‘फराज’ बाट आदित्य रावलले उत्कृष्ट डेब्यु पुरुषको अवार्ड जिते ।

लाइफ टाइम अचीवमेंट

यस पटक निर्देशक डेभिड धवनलाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । उनले हिन्दी सिनेमामा ठूलो योगदान दिएका छन् । उनले आफ्नो फिल्मबाट मानिसलाई धेरै मनोरञ्जन दिएका छन् ।

सर्वश्रेष्ठ क्रिटिक्स अभिनेत्री 

रानी मुखर्जीले ‘मिसेस चटर्जी भर्सेस नर्वे’बाट उत्कृष्ट अभिनेत्रीको क्रिटिक अवार्ड प्राप्त गरिन्।

उत्कृष्ट पार्श्व गायक पुरुष

एनिमल’को सुपरहिट गीत ‘अर्जन भ्याली’का लागि भुपिन्दर बब्बलले उत्कृष्ट पार्श्व गायकको अवार्ड पाए ।

उत्कृष्ट पार्श्व गायिका महिला

शिल्पा रावले ‘बेशराम रंग’ बाट उत्कृष्ट पार्श्व गायिकाको अवार्ड हात पारिन् ।

उत्कृष्ट सहायक अभिनेता पुरुष

शबाना आजमीले सर्वश्रेष्ठ सहअभिनेत्रीको अवार्ड प्राप्त गरिन्।

उत्कृष्ट म्युजिक एल्बम अवार्ड – ‘एनिमल’ बाट प्रीतम, विशाल मिश्र, मनन भारद्वाज, श्रेयस पुराणिक, जानी, भूपेन्द्र बब्बल, आशिम केमसन, हर्षवर्धन रामेश्वर र गुरिंदर सिगल

बेस्ट लिरिक्स अवार्डः अमिताभ भट्टाचार्य, (तेरे वास्ते फलक से मैं चाँद लौंगा)

उत्कृष्ट स्क्रिन प्लेः विधु विनोद चोपडा (१२ वी फेल)

उत्कृष्ट कथा – अमित राई (ओएमजी २) र ‘जोरम’ (देबाशिष माखिजा)

उत्कृष्ट अभिनेता समीक्षकः विक्रान्त मेसी (१२ वी फेल) 

उत्कृष्ट अभिनेत्री समीक्षकः  शेफाली शाह

सर्वोत्कृष्ट चलचित्र समीक्षकः देवाशिष माखिजा (जोरम)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला