२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

सानो बजेटको हनुमानकाे अकल्पनिय कमाई, अब ओटिटीमा पनि रिलिज हुदैँ

१६ माघ २०८०, मंगलवार ०६:१३

माघ १६, मुम्बई | तेजा सज्जा अभिनित तेलुगु सुपरहिरो फिल्म  ‘हनुमान’ ले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । 

यो फिल्म धेरै अन्य फिल्महरु संगै जनवरी १२ मा थिएटरहरुमा रिलिज भएको थियो तर यो फिल्मले सबै पछिल्ला रिलिजहरु भएका फिल्महरुलाई पछाडि छाडेर बक्स अफिसमा तहल्का मच्चायो ।

सानो बजेटकोा यो फिल्म अकल्पनिय रुपमा रकम संकलन गर्नसमेत सफल भयो । ‘हनुमान’को सफलता र लोकप्रियताका कारण दर्शकहरू जो सिनेमा हलमा हेर्न भ्याएननन, अब यसलाई उनीहरु ओटीटी प्लेटफर्ममा हेर्न निकै उत्साहित छन् र जसका कारण ओटीटी रिलिजको लागि उत्सुकतापूर्वक पर्खिरहेका छन्।


यसैबिच, भारतीय समाचार माध्यमका अनुसार  ‘हनुमान’का निर्माताले आफ्नो ओटीटी पार्टनर तय गरेका छन् र फिल्मको रिलिज डेट पनि आइसकेको छ ।

सानो बजेटको फिल्म  ‘हनुमान’ले दर्शकलाई निकै प्रभावित बनाएको छ । अब यो फिल्मको ओटीटी रिलिजको विवरण पनि सार्वजनिक भएको छ । यदि मिडिया रिपोर्टहरू विश्वास गर्ने हो भने ‘हनुमान’ आगामी मार्च २ बाट अग्रणी ओटिटी प्लेटफर्म जी ५ मा स्ट्रिम हुनेछ।

वास्तवमा, फिल्मको निर्माताले सिनेमाघरमा रिलिज भएको तीन हप्तापछि डिजिटल रूपमा रिलिज गर्ने योजना बनाएका थिए तर फिल्मको भव्य सफलतालाई ध्यानमा राख्दै यसलाई सात हप्तापछि ओटीटीमा स्ट्रिम गर्ने निर्णय गरेका हुन् ।

‘हनुमान’को कमाई

‘हनुमान’ ले बक्स अफिसमा हलचल मचाउदै गर्दा दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । समीक्षकहरूले पनि फिल्मको भिएफएक्सको प्रशंसा गरेका छन् । यो फिल्म रिलिजको तेस्रो हप्तामा छ र अझै पनि दर्शकको ठुलो घुइँचो सिनेमा हलमा देखिएको छ र राम्रो व्यापार पनि गरिरहेको छ । ‘हनुमान’ को कमाईको कुरा गर्दा यो फिल्मले घरेलु बजारमा रिलिज भएको १८ दिनमा कुल १७४.४५ करोडको व्यापार गरेको छ । विश्वभर यो फिल्मले रिलिजको १७ दिनमा करिब २ सय ७० करोडको कलेक्सन गरि ३ सय करोडको आँकडा छुन तर्फ अघि बढिरहेको छ ।

बक्स अफिसमाम हिट भएको  ‘हनुमान’को कथा काल्पनिक गाउँ अञ्जनदरीमा घटेको घटनामा आधारित छ, जो हनुमानको महाशक्ति प्राप्त गर्ने एक युवकको हनुमानको वरिपरि घुम्छन ।

फिल्मको स्टार कास्टको कुरा गर्दा ‘हनु मान’ मा तेजा सज्जाका अलावा विनय राई, अमृता अय्यर र वरलक्ष्मी सरथकुमारको पनि महत्वपूर्ण भूमिका छ । हालै यो फिल्मका निर्माताले  ‘हनुमान’ को सिक्वेलको पनि घोषणा गरेका छन् ।



 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला