२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

भारतीय अभिनेत्री पुनमको ‘मृत्यु’ अझै रहस्यमा, नजिकका भन्छन, ‘उनी जिउँदै हुनुपर्छ

२० माघ २०८०, शनिबार ०७:२४

माघ २०, मुम्बई | भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको निधनको खबर शुक्रबार बिहान सार्वजनिक भएको थियो तर अहिलेसम्म आईपुग्दा यो बिषय निकै रहस्यमय बन्दै गएको छ । 

उनको इन्स्ट्रागममा उल्लेख भए अनुसार उनको मृत्युको कारण पाठेघरको मुखको क्यान्सर भएको बताइएको छ । मृत्युको बारेमा पुनमको टोलीले नै जानकारी दिएको थियो । 

तर, यो समाचार बाहिरिएसँगै पूनमको मृत्युलाई लिएर थप अन्यौंल र रहस्यहरु बाहिर आउन थालेका छन । र, उनको मृत्युको खबर थप जटिल बन्दै गएको भारतीय मिडियाहरुले जनाएका छन ।

हिजो बिहान ११ बजे पुनको मृत्युको खबर आए लगत्तै भारतीय सञ्चारमाध्यमले  पुनमका नजिकका साथी नितिन मिरानीसँग कुरा गरेका थिए । उनले भनेका छन कि, ‘मलाई यसबारे कुनै जानकारी छैन । बिहानैदेखि उहाँलाई सम्पर्क गर्ने प्रयास गरेँ तर उहाँसँग कुरा हुन सकेको छैन । उनका ड्राइभरले दुई दिनअघिसम्म म्याडम ठिक रहेको बताएका थिए । र, उनी सुटिङमा व्यस्त थिइन् । दिदीको फोन पनि अफ छ । के भयो बुझ्न सकिन । उनको इन्स्टाग्राम ह्याक भएको देखिन्छ ।’

हिजो दिउँसो १२  आफूलाई पूनमको म्यानेजर भनिने निकिता शर्माले प्रेस नोट जारी गरिन् । यस प्रेस नोटमा पाठेघरको मुखको क्यान्सरका कारण पूनम अब यो संसारमा रहिनन भनी उल्लेख गरिएको छ । यो प्रेस नोटमा पाठेघरको मुखको क्यान्सरलाई हल्का रुपमा लिनुहुँदैन भन्ने पनि लेखिएको थियो । यो प्रेस नोटमा फोन नम्बर पनि लेखिएको थियो । त्यो नम्बरमा फोन गर्दा त्यो फोन नक्कली भएको पुष्टी भइसकेको छ  । सो फोन उठाउने व्यक्ति पश्चिम बंगालका हुन् र उनको पुनम पाण्डेसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताए । उनलाई बिहानैदेखि सयौं फोन गएका थिए, जहाँ उनले पुनमसँग चीनजान नै नभएको जनाईरहेको छन् ।

प्रेस विज्ञप्ति पछि दैनिक भाष्करले  पुनमको पीआर टोलीलाई सम्पर्क गरेको थियो तर उनले फोन उठाएनन । जवाफमा उनले यति मात्रै मेसेज पठाए कि जसमा लेखिएको थियो, ‘हामीले पूनमको मृत्युको खबर बिहानै उनको परिवारबाट पायौं । हामीले उनको परिवारसँग सम्पर्क गर्ने प्रयास गरिरहेका छौँ तर उनीहरुबाट कुनै प्रतिक्रिया आएको छैन । अहिलेसम्म उनको शव कानपुरमा रहेको भनिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला