२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अडिसन दिएका पति अमिरलाइ किन लिइनन किरण रावले फिल्ममा, गरिन खुलासा

२४ माघ २०८०, बुधबार ०७:०४

माघ २४, मुम्बइ | किरण राव निर्देशित ‘मिसिंग लेडीज’ को फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् । 

किरण राव र आमिर खान दुवै अहिले फिल्मको प्रमोशनमा व्यस्त छन् । उनले प्रमोशनका क्रममा फिल्मसँग सम्बन्धित धेरै गोप्य खुलासा गरेको देखिन्छ । अब किरण रावले आफ्नो पूर्व पति आमिर खानले फिल्ममा रवि किशनको भूमिकाका लागि अडिसन दिएको खुलासा गरेकी छन् । तर, किरणले उनलाई यो भूमिकाका लागि कास्ट गर्न अस्वीकार गरिन् । किरणले आमिरलाई कास्ट नगर्नुको कारण पनि बताएकी छन् ।


भारतीय सञ्चारमाध्यमका अनुसार किरण रावले फिल्मको कास्टिङबारे कुरा गर्दै अमिरलाइ अस्विकार गरेको खुलासा गरेकी छिन । उनका अनुसार  आमिरलाई फिल्मको कथा मन परेको र फिल्ममा कास्ट गर्न चाहेको बताएका थिए । किरणले भने, ‘आमिरलाई यो क्यारेक्टर निकै मन परेको थियो र उनले यसको लागि अडिसन पनि दिए । तर, उनी स्टार भएकाले यो क्यारेक्टर निर्वाह गरेमा त्यो पात्रबाट धेरै आशा पलाउला भन्ने लाग्यो । आमिरले क्यारेक्टरमा स्टार ब्यागेज ल्याउने छन् ।’

किरणले अगाडी भनिन,  ‘हामीलाई यो क्यारेक्टरका लागि उपयुक्त व्यक्ति चाहिएको थियो । त्यसका लागि रवि किशन उत्कृष्ट छन। मलाई लाग्छ उहाँ भन्दा राम्रो कोही हुन सक्दैन, त्यसैले अमिरलाइ हामीले लिएनौं ।’

मिसिङ लेडीजको कुरा गर्दा नितान्शी गोयल, प्रतिभा रन्त, स्पर्श श्रीवास्तव र छाया कदम मुख्य भूमिकामा देखिनेछन् । यो फिल्म टोरन्टो इन्टरनेशनल फिल्म फेस्टिभलमा प्रदर्शन गरिएको थियो र यसले स्ट्यान्डिङ ओभेसन पाएको थियो। अब यो फिल्म १ मार्चबाट हलमा रिलिज हुँदैछ । यो फिल्मलाई किरण रावले निर्देशन गरेका हुन् ।

चलचित्रको कथाको कुरा गर्दा यो दुलही परिवर्तनको कथा हो । बेहुलाले अर्कैसँग बिहे गर्छ र अर्को बेहुली पनि उसको साथमा घर आउँछ । यो आदानप्रदान ट्रेनमा हुन्छ। त्यसपछि प्रहरी भित्रिन्छ । अब प्रहरीले असली दुलही फेला पार्न सक्छ कि सक्दैन भनेर फिल्मको प्रतिक्षा गर्नुपर्नेछ  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला