२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

९ दिन बेपत्ता साउथ इन्डियन मुभीको निर्देशकको शव फेला, कमल हसनले जनाए दुःख

२ फाल्गुन २०८०, बुधबार ०६:४१

फागुन २, हैदाराबाद | दक्षिण फिल्म उद्योगका चर्चित निर्देशक वेत्री दुराईसामीको ४५ वर्षको उमेरमा निधन भएको छ । 

विगत ९ दिनदेखि हराइरहेका निर्देशकको खोजी अभियान चलिरहेको थियो, उनी हिजो अबेर भेटिएका छन् । 

परिवारले उनको खोजी गरेर पत्ता लगाउने १ करोड भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा समेत गरेको थियो । तर हिमाचलको किन्नूर जिल्लामा वत्रीको शव भेटिएपछि सबैको आशा चकनाचुर भएको छ ।


वेत्री दुरैसामी आफ्ना साथी गोपीनाथको अर्को फिल्मको लोकेशन हेर्न शिमला गएका थिए । अचानक भत्रीको कार चलाउँदै आएका चालक तेन्जिनलाई हृदयघात भयो र उनले नियन्त्रण गुमाए र कार पल्टियो ।

उक्त दुर्घटनामा वात्रीका साथी गोपीनाथ गम्भिर घाइते भएका थिए, उनको हाल सिम्लाको अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनास्थलमा चालक मृत फेला परेका थिए भने भात्री फेला परेका थिएनन्, जसको खोजी विगत ९ दिनदेखि जारी राखिएको थियो ।

अभिनेता कमल हासनले पनि निर्देशकको अनुपस्थितिमा शोक व्यक्त गर्दै एक पोस्ट सेयर गरेका छन्। उनले लेखेका छन, ‘चेन्नईका पूर्व मेयर र साथी साइथाई दुरैसामीका छोरा वेत्री दुराइसामीको मृत्युको खबरले गहिरो दुःखी छु। यो दुः ख शब्दमा व्यक्त गर्न सकिदैन। सानै उमेरमा इज्जतका साथ काम गरिरहेका एक युवकको यस्तो दुर्घटनामा मृत्यु भएको छ । छोरा गुमाउनु परेका बुबालाई म सान्त्वना दिन्छु, भगवानले उहाँलाई यो दुख सहने शक्ति प्रदान गरून्।’

वात्रीको डेब्यु फिल्म  ‘अन्द्रवथु ओरु नाल’ मा मुख्य भूमिका निभाएका विदार्थले बेपत्ता भएपछि एक पोस्ट सेयर गरेका थिए । यो पोष्टमा वत्रीको बारेमा धेरै कुरा बताउदै उनले आफू अवश्य जिउँदै फर्किनेमा विश्वस्त रहेको लेखेका थिए । 

‘जीवनमा धेरै विश्वास गर्ने व्यक्ति। कसैलाई हानि नगर्ने व्यक्ति। जो प्राणी र प्रकृतिसँग जोडिएको छ, उसले तिनीहरूको हेरचाह गर्छ। उहाँसँग कसरी केही गलत हुन सक्छ ?’ अभिनेताले लेखेका थिए, ‘वत्री र उनका बुबाले धेरै मानिसहरूको भलाइ गरेका छन्, उनीहरूको प्रार्थना बेकार हुनेछैन।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला