२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘दंगल’की कान्छी अभिनेत्री सुहानीको निधन, अमिर खान थिए उनीसँग निकै प्रभावित

६ फाल्गुन २०८०, आईतवार ०३:१८

फागुन ६, मुम्वइ | दंगलमा आमिर खानकी छोरीको भूमिका निभाएकी सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन भएको छ ।

सुहानी भटनागरसँगै जायरा वसीम पनि आमिर खानकी छोरीहरूको बाल्यकालको भूमिकामा देखिएकी थिइन् । र, आमिरले दुवैको तारिफ गरेका थिए ।

इन्डियन एक्सप्रेसका अनुसार जब दंगल २०१६ मा रिलिज हुन लागेको थियो, तब आमिर खानले सुहानीको तारिफ गर्दै उनी आफूभन्दा राम्रो अभिनेत्री भएको बताएका थिए । आमिरले भनेका थिए, ‘यदि फिल्ममा हामी सबैको अभिनयको मूल्याङ्कन गर्ने हो भने म यी दुई बच्चालाई मेरो अभिनयभन्दा दश गुणा राम्रो भन्छु। फिल्म रिलिज भएपछि दर्शकले यो पनि देख्नेछन्।’ नभन्दै उनको अभिनयको सबैतिर तारिफ हुन पुग्यो ।

आमिरले पनि आफ्नो फिल्मी करियर २५ वर्षसम्म चलेको तर यी बालबालिका निकै प्रतिभाशाली रहेको बताएका थिए । फिल्मका लागि उत्कृष्ट बाल कलाकार छनोटको महत्त्वबारे कुरा गर्दै आमिर खानले आफू र फिल्मका निर्देशक नितिश तिवारीलाई राम्रो बाल कलाकार नभेटिएमा फिल्म नबनाउने कुरासमेत गरेको अवस्थामा उनीहरू भेटिएका थिए । तर, यो फिल्मले भारतीय समाजलाइ ठूलो प्रभाव छाडेको थियो ।

८ महिनाको मिहिनेत पछि गीता फोगटको भूमिका जायरा वसीमलाई र कान्छी बबिता फोगटको भूमिका सुहानी भटनागरलाई दिइएको थियो ।

आमिरले यो पनि भनेका थिए,  ‘मैले यी बालबालिकाबाट धेरै शरारती कुरा सिकेको छु । म सधैं यो विश्वास गर्छु कि म अझै ठूलो भएको छैन र अझै भित्रबाट बच्चा हुँ। मलाई यी बच्चाहरूसँग काम गर्न रमाईलो लाग्यो।’

सुहानी भटनागरको मृत्युको कारण उनको सम्पूर्ण शरीरमा तरल पदार्थ जम्मा भएको बताइएको छ । केही समयअघि दुर्घटनाका कारण उनको खुट्टा भाँचिएको थियो । उपचारका क्रममा लिइएको औषधिको साइड इफेक्ट देखियो र शरीरमा तरल पदार्थ जम्मा हुन थाल्यो । उनी लामो समय देखि दिल्लीको एम्स अस्पतालमा भर्ना थिइन् ।

सुहानीको निधनको खबर आएपछि आमिर खान प्रोडक्सनले पोस्टमार्फत शोक व्यक्त गरेको छ । यो पोस्टमा लेखिएको छ कि ‘सुहानी सधैं हाम्रो हृदयमा एक तारा हुने छिन्।’

यसका साथै दंगलका निर्देशक नितेश तिवारीले पनि शोक व्यक्त गर्दै भनेका छन्, ‘सुहानीको निधन एकदमै स्तब्ध र दुःखदायी छ। उनी धेरै खुसी र भाग्यवान थिइन्। उनको परिवारमा मेरो गहिरो समवेदना छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला