२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

जोन सिना भनेर काम गर्ने सोचेको बेला ‘पोर्न स्टार’ जोन सिन्स परे पछि….

६ फाल्गुन २०८०, आईतवार ०३:४२

फागुन ६, मुम्बइ | एक विज्ञापनमा रणवीर सिंहलाई जोनी सिन्ससँग देखेपछि फ्यानहरू चकित भएका थिए। 

वयस्क अभिनेता जोनी सिन्सले रणवीर सिंहसँग यौन कल्याणकारी ब्रान्ड बोल्ड केयरको विज्ञापनको लागि सहकार्य गरेका थिए। यो विज्ञापनलाई लिएर निकै हंगामा भएको थियो । 

यो विज्ञापनमा दुवै कलाकारसँगै टिभी अभिनेत्री भावना चौहान पनि देखिएकी थिइन् । अब विज्ञापनको बारेमा कुरा गर्दै भावना चौहानले खुलासा गरेकी थिइन् कि पहिले उनलाई आफु जोन सीनासँग काम गर्न लागेको भन्ने लागेको थियो रे ।

इन्डिया टुडेसँग कुरा गर्दै भावनाले भनिन्,  ‘मलाई थाहा छैन मैले नाम किन गलत पढेँ । तर सोच्नुहोस्, जोनी यस्तो विज्ञापनको हिस्सा हुनेछन् भन्ने मैले सपनामा पनि सोचेको थिइनँ। मैले सोचे कि भारतमा पहलवानहरूले धेरै काम गर्छन् र त्यसैले यो जोन सीना हुनेछ भनेर सोच्नु मूर्खता हो। अन्तिम विवरण पाए पछि मात्र जोनी सिन्स भएको थाहा भयो ।

रणवीर सिंहसँग काम गर्ने बारे अभिनेत्रीले भनिन्,  ‘उनको वरिपरि बस्न पाउँदा निकै रमाइलो लाग्यो । हाम्रो उर्जा राम्रोसँग मिलेको थियो र उसले मलाई मेरो काम कत्तिको मन परेको पनि बतायो। तर, कलाकार निकै प्रोफेसनल भएकाले कामको क्रममा जोनी सिन्ससँग कुरा गर्ने मौका नपाएको पनि भावनाले बताइन् ।

भावना चौहानले विज्ञापनलाई लिएर आफूले पाएको नकारात्मक प्रतिक्रियाको बारेमा पनि बताइन् । उनले आफूहरु व्यवसायिक भएकाले यस्ता कुराको असर बुझेको बताइन । विज्ञापनको मूल स्क्रिप्ट बढी रमाइलो भए पनि परिवर्तन गरेको उनले बताए । 

उनका अनुसार यो विज्ञापनलाई टिभी कार्यक्रमको सामान्य दृश्यजस्तै बनाउने उनको मनसाय सबैले घरमै बसेर सहजै हेर्न सक्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला