२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

७ बर्ष पछि कपिल शर्मा र सुनिल ग्राेभरसँगै देखिदैँ

११ फाल्गुन २०८०, शुक्रबार ०३:२३

फागुन ११, मुम्बइ | भारतीय कमेडियन कपिल शर्मा र सुनिल ग्रोवरले फेरि एकपटक धमाका गर्ने भएका छन् । 

अर्का कमेडियन सुनिल ग्रोवरले आफैले यस्तो संकेत दिएका छन् । सुनिलले पनि आफू र कपिलको एकसाथ आउने बारे ठूलो कुरा भनेका छन् । सुनिलले पहिले आफू अलिकति डिस्टर्ब भएको तर अहिले नभएकोसमेत बताएका छन् । 

चर्चित गुलाटी फेम पात्र सुनील ग्रोवरले इन्डियन एक्सप्रेससँगको कुराकानीमा आफ्नो र कपिलको सम्बन्धको बारेमा खुलेर बताएका छन्  । सुनिलले भने, ‘मलाई सत्य थाहा छ, त्यसैले अरूले के भन्छन् र के सोच्छन् त्यो उनीहरूको समस्या हो, मेरो होइन।’ कमेडियन कपिल र सुनिल ७ वर्षको झगडा पछि सँगै आउन लागेका हुन ।

कमेडियन सुनिल ग्रोवरले सुरुमा आफू अलिकति डिस्टर्ब भएको तर अब नरहेको बताए । प्रश्न उठाउने माथि सुनिलले भने,  ‘यस्तो गर्नेलाई मैले किन जवाफ दिनु पर्छ ? म केहि प्रश्नहरूको जवाफ दिन चाहन्छु, म गर्नेछु, तर मैले कसैलाई स्पष्टीकरण दिन आवश्यक छैन।’

सुनीलले अगाडी यो पनि भने कि यो सम्पूर्ण मामिलामा दर्शकलाई थाहा छैन। तिनीहरूसँग कुनै तथ्य छैन। ती मानिसहरू जे पनि बोल्छन् किनभने त्यो उनीहरूको काम हो। कमेडियनले थप अगाडी भने,  ‘नकारात्मक कुराले बढी ध्यान दिन्छ । यी सबै मानिसहरूले पनि पछि सबै कुरा बुझ्ने छन्।’

सन् २०१७ मा सुनिल ग्रोवर र कपिल शर्माबीच झगडा भएको थियो । उनीहरु दुवै आफ्नो टोलीसँग अष्ट्रेलिया भ्रमणमा गएका बेला उनीहरुबीच कुनै न कुनै विषयमा झगडा भएको थियो । यसपछि सुनिल ग्रोवरले कपिल शर्मासँग काम गर्न छाडेका थिए । कपिलले सुनिलसँग सार्वजनिक रूपमा माफीसमेत मागेका थिए तर सुनिल भने कपिलको शोमा फर्केका थिएनन ।

अब ७ वर्षपछि यी दुई साथी सँगै आउन लागेका हुन् । शोको बारेमा थप जानकारी चाँडै सार्वजनिक गरिने सुनिलले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला