२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

उपहारको पूर्वसन्ध्यामा किन भेटे रेखा थापाका निर्देशक देउजाले प्रधानमन्त्री ?

१५ फाल्गुन २०८०, मंगलवार ११:१७

फागुन १५, काठमाडौँ | फागुन २५ गते प्रर्दशनको तयारीमा रहेको चलचित्र उपहारका निर्देशक ज्ञानेन्द्र देउजाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालसँग भेट गर्दै चलचित्रसँग सम्बन्धित रहेर गहन छलफल भएको निर्देशक देउजाले बताएका छन् ।

प्रधानमन्त्रीसँग तस्बिर सेयर गर्दै देउजाले सामाजिक सन्जालमा लेखेका छन्- चलचित्र कर्ममा निरन्तर लागि रहनुको बिशेष उपलब्धी आजको दिनलाई म बिशेष दिन मान्दछु  । चलचित्रसँग सम्बन्धित रहेर – सम्माननीय प्रधानमन्त्री -पुष्पकमल दाहाल”प्रचण्डज्यू संग प्रधानमन्त्रीज्यूको निवास बालुबाटारमा ब्यक्तिगत रुपमा बिशेष छलफल गर्न पाइयो,  जय नेपाली चलचित्र । 

फागुन २५ गते प्रर्दशनमा आउने उपहारको यतिबेला प्रसार प्रचार (प्रोमोसन) ब्यापक पारिएको छ । फिल्मको टेलर तथा केहि गित सार्बजनिक भइसकेको छ । ट्रेलर र गीतले राम्रो प्रतिक्रिया पाएको फिल्म निर्माण पक्षले जनाएको छ । 

फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको पनि अभिनय छ ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्दैछ । फिल्मको विदेशमा समेत उच्च रहेको निर्देशक देउजा बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला