११ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

फिल्म खेल्दै दिलिप रायमाझीकी छोरी दिव्या

१७ फाल्गुन २०८०, बिहीबार ०७:५१

फागुन १७, काठमाडौं | अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीले फिल्म खेल्ने भएकी छन्। 

उनले फिल्म 'एक्टर' बाट फिल्ममा डेब्यू गर्न लागेकी हुन्। बिहीबार निर्माण टिम र उनका बुबाआमाबीच औपचारिक सम्झौता भएको छ। साथै निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्म कात्तिक १५ गतेदेखि प्रदर्शन हुने बताएका छन्। 


यो फिल्म वैशाख पहिलो साताबाट छायांकनमा जानेछ।  दिव्या अमेरिकामा पढिरहेकी छन्। यसअघि फिल्ममा प्रदीप खड्का, आना शर्मा र राजबल्लभ कोइराला अनुबन्धित भइसकेका छन्।

राजन भुषालले निर्देशन गर्न लागेको फिल्ममा थमनकुमार भण्डारीको लगानी रहनेछ। फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गर्नेछन्।

अदृत फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको सह-निर्मातामा एनिस भुषाल र सार्थक केसी छन्। फिल्ममा पोस्टर डिजाइन र पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टको रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लगनगाँठोमा कसिदै नेपाली क्रिकेटर दाजुभाइ आरिफ र आसिफ शेख आसिफ र आरिफलाई गृहजिल्लामा सम्मान कान्तिपुर मिट हाउसमा म्याद नाघेको मासु, महानगरले गर्‍यो नष्ट रूपन्देहीमा १४ वर्षीया बालिका बलात्कारकाे आराेपमा एक युवक पक्राउ शोभा पाठकलाई साइबर क्राइममा ५ वर्ष कैदको माग गर्दै मुद्दा दर्ता भीम रावलले नयाँ पार्टी खोल्ने एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका विपिन शर्मालाई स्वस्तिमाले दिइन् आइफोन गिफ्ट रवि लामिछानेसँग बयान सुरु भीम रावल लगायतलाई कारबाही गर्नुअघि ओलीले सचिवालय बैठकमा के भने ? आईसीसीद्वारा विराट कोहलीलाई कारबाही सिचुवान एयरलाइन्सले पोखरामा गर्‍यो चार्टर उडान, अब नियमित उडान गर्ने खाग तस्कर पक्राउ गर्न हेटौंडामा ५ राउड हवाई फायर, एक जना पक्राउ १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ युनाइटेड एयरलाइन्सको विमानमा युवकको शव फेला आज कतिमा हुँदैछ सुनचाँदी कारोबार ? मोरङ सामूहिक बलात्कार : पक्राउ परेका तीन जनाविरुद्ध तीन मुद्दामा अनुसन्धान भोजपुरमा गाडी भिरबाट खस्दा १ को मृत्यु, ९ जना घाइते नेपालको स्वास्थ्य क्षेत्र सुधारोन्मुख छ : मन्त्री पौडेल रविसहित ७ जनालाई अदालत पुर्‍याइयो, आजै बयान शुरू हुने अजरबैजान विमान दुर्घटना : विमान चरासँग ठोक्किएको प्रारम्भिक निष्कर्ष