२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘अगस्त्य च्याप्टर १’ ले पायो ‘पीजी’ सर्टिफिकेट

२०८०, १७ फाल्गुन बिहीबार ०७:५९

फागुन १७, काठमाडौं | यही शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘अगस्त्य च्याप्टर १’ ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट ‘पीजी’ सर्टिफिकेट पाएको छ ।

यो सर्टिफिकेट पाएपछि १६ वर्षभन्दा कम उमेरका दर्शकले चलचित्र हेर्न जाँदा अभिभावक अनिवार्य रुपमा लैजानुपर्ने हुन्छ । चलचित्रको बुधबार सेन्सर भएको थियो ।

चलचित्रले देशभरका हलमा राम्रै शो पाएको छ । चलचित्रलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले उपत्यकाभित्र १५ शो दिएको छ भने उपत्यका बाहिर २९ शो दिएको छ ।

त्यस्तै काठमाडौंको वान सिनेमाजले दुई चेन गरेर ८, बीग मुभिजले ३, एफक्यूबले ३, बीएसआरले ४, आईएनआई चेनले सबै हलमा गरेर १२ शो दिएको छ । उपत्यका बाहिरका अन्य थिएटरले प्रत्येक थिएटरमा ३–३ शो दिएका छन् । शोको अनुपात हेर्दा देशभरका १११ फिल्म हलले ‘अगस्त्य च्याप्टर १’लाई २५९ शो उपलब्ध गराएका छन् ।

निर्माण पक्षका अनुसार अष्ट्रेलियामा चलचित्रको शोको टिकट बिक्री भइसकेको छ ।

चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेल निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।

डार्क हर्स इन्टरटेन्टमेन्ट र सेभेन सिज इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको चलचित्र अमेरिका र बेलायतमा ८०० देखि एक हजार, क्यानडामा १५०, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा १५०, अष्ट्रेलिया र न्युजिल्याण्डमा ५०० र मध्यपूर्वका देशहरूमा ७५० शोमा रिलिज हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति