२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

चौतर्फी विरोधपछि सेन्सर बोर्डले ‘रङ्गेली’लाई दियो प्रमाणपत्र

२० फाल्गुन २०८०, आईतवार १२:०९

फागुन २०, काठमाडौं | फिल्म ‘रङ्गेली’को शीर्षकमा आपत्ति जनाउँदै केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले प्रमाणपत्र दिन अस्वीकार गरेको थियो । पूर्वको रङ्गेली सहरको नाममा फिल्म बनेको र त्यहीँ छायांकन भएकाले स्थानिय निकायको स्वीकृति पत्र ल्याएपछि मात्र प्रदर्शनको अनुमति (प्रमाणपत्र) दिने बोर्डको अडान थियो । तर, यो विषयमा चौतर्फी विरोध भएपछि सेन्सर बोर्ड घुँडा टेक्न बाध्य भएको छ ।


आइतबार बिहान बोर्डले नै निर्मातालाई बोलाएर प्रमाणपत्र प्रदान गरेको छ । निर्देशक अर्जुन सुवेदीले स्थानीय निकायको स्वीकृति पत्र बिनै प्रमाणपत्र पाएको जानकारी दिए । फिल्मले पीजी सर्टिफिकेट (प्यारेन्टल गाइडेन्स) प्राप्त गरेको छ । अर्थात् फिल्मलाई १६ वर्षभन्दा मुनिका दर्शकले अभिभावकको साथमा हेर्नुपर्नेछ । प्रमाणपत्र पाएसँगै अब ‘रङ्गेली’लाई प्रदर्शनको बाटो खुलेको छ ।

बोर्डले फिल्मको नामका कारण प्रमाणपत्र दिन अस्वीकार गरेपछि फिल्मकर्मीहरुले सामाजिक सञ्जालमार्फत् बोर्डको विरोध गरेका थिए । अभिनेता दीपकराज गिरीले सेन्सर बोर्डलाई ‘सेन्सलेस’ भन्दै कटाक्ष गरेका थिए भने निर्देशक दीपेन्द्र के. खनालले बोर्डलाई ‘श्रद्धाञ्जली’ समेत दिएका थिए । फिल्मकर्मीहरुको चर्को विरोधपछि सेन्सर बोर्डले ‘रङ्गेली’लाई सहज रुपमै प्रमाणपत्र दिएको हो ।

निर्देशक सुवेदी स्वयंको लेखन रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा आदिको अभिनय छ । फिल्मका कार्यकारी निर्माताहरु जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा तथा निर्माताहरु संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने सह-निर्माताहरु युवक कार्की र शिव शङ्कर चौलागाईँ हुन् । फिल्मका छायाँकार सुशन प्रजापति हुन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य