१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

दुई दिनमा ‘महाजात्रा’ को आम्दानी ३ करोड ६ लाख

११ चैत्र २०८०, आईतवार ०८:१५

चैत ११, काठमाडौँ | प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र ‘महाजात्रा’ ले दोस्रो दिन १ करोड ८३ लाख ग्रस कलेक्सन गरेको छ । यससँगै दुई दिनमा चलचित्रको कुल आम्दानी ३ करोड ६ लाख पुगेको निर्माण पक्षले जनाएको छ ।

शुक्रबारबाट रिलिज भएको यस चलचित्रले पहिलो दिनमै १ करोड २३ लाखको बम्पर ओपनिङ गरेको थियो ।


शुक्रबार र शनिबार चलचित्रका सबै टिकटहरू हाउसफूल थिए । आज पनि सार्वजनिक बिदा भएकाले चलचित्रलाई दर्शकको थप साथ मिलेको छ । आजको अनलाइन बुकिङ पनि हासफूल देखिन्छन् । शोज थपिने क्रम पनि सुरू भएको छ । चलचित्रले रिलिजको पहिलो दिन शुक्रबारमात्र ३४२ भन्दा धेरै शो पाएको थियो ।

विभिन्न ४० देशका २५० भन्दा धेरै सहरमा ‘महाजात्रा’ रिलिज भएको छ । आकस्मिकरूपमा प्राप्त पैसा व्यवस्थापन गर्दाका समस्या नै चलचित्रको मुख्य कथा हो ।

चलचित्रमा हरिवंश आचार्य, बिपिन कार्की, वर्षा राउत, रवीन्द्रसिंह बानियाँ, रबिन्द्र झा, दिब्य देबलगायतका कलाकारको अभिनय रहेको छ । कार्यकारी निर्माता रवीन्द्रसिंह हुन्।

चलचित्रका निर्माताहरु म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेल हुन् भने चलचित्रको कथा निर्देशक भट्टराईले स्वयं लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण