२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

रामायणको सुटिङका लागि धनुर्बिधा सिक्न थाले रणवीर कपुर

२०८०, १३ चैत्र मंगलवार ११:२८

चैत १३, मुम्बई | गत वर्ष रणवीर कपूरको फिल्म ‘एनिमल’ ब्लकबस्टर भएको थियो । 

अहिले उनै अभिनेताले आफ्नो अर्को फिल्म ‘रामायण’ को बारेमा धेरै चर्चा बटुलिरहेका छन् । यस फिल्मको बारेमा अहिलेसम्म केही घोषणा नभए पनि अभिनेताले  ‘रामायण’ मा भगवान रामको भूमिका निर्वाह गर्ने लगभग पक्का देखिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

जसका कारण उनले यो क्यारेक्टरमा आफुलाइ ढाल्नका लागि कडा तालिम पनि लिइरहेका छन् । सोही क्रममा सामाजिक सञ्जालमा केही तस्विर भाइरल भइरहेका छन्, जसमा रणवीर कपुरले आफ्नो आगामी फिल्मका लागि धनुर्विद्याको तालिम लिन थालेको देखिन्छ ।


एक्स ह्यान्डलमा रहेको एक फ्यान पेज खुशाली आरकेले एक तस्विर सेयर गरेका छन्, जहा रणवीर कपूर आर्चरी कोचसँग पोज दिइरहेका छन् । तस्बिरहरू उनको घरको हो भन्ने देखिन्छ किनभने एनिमल अभिनेता यस समयमा क्याजुअल लुकमा देखिएका छन्। यी तस्विरहरू हेरेपछि अभिनेताको फिल्मलाई लिएर फ्यानमा उत्साह थपिएको छ ।

शनिवार रणवीर कपुरका फिटनेस कोचले पनि इन्स्टाग्राममा एउटा तस्विर पोस्ट गरेका थिए, जसमा अभिनेता जिममा कडा मेहनत गरिरहेको देखिएका थिए । तस्बिरमा रणवीरले वर्कआउट गियर लगाएका थिए र शिर्षासन गरिरहेको देखिन्छ। तस्बिर पोस्ट गर्दा ट्रेनरले क्याप्शनमा लेखेका थिए, ‘रणवीर कपूर फर्स्ट हेड स्ट्यान्ड, हेड स्ट्यान्ड, रामायण, न्यूजस्किल, ट्रेनिंगविथनेमू ह्यासट्यागहरूले यो कसरत रणवीरको आगामी फिल्म ‘रामायण’ को तयारीको एक हिस्सा हो भनेर संकेत दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति