१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

रामायणको सुटिङका लागि धनुर्बिधा सिक्न थाले रणवीर कपुर

१३ चैत्र २०८०, मंगलवार ११:२८

चैत १३, मुम्बई | गत वर्ष रणवीर कपूरको फिल्म ‘एनिमल’ ब्लकबस्टर भएको थियो । 

अहिले उनै अभिनेताले आफ्नो अर्को फिल्म ‘रामायण’ को बारेमा धेरै चर्चा बटुलिरहेका छन् । यस फिल्मको बारेमा अहिलेसम्म केही घोषणा नभए पनि अभिनेताले  ‘रामायण’ मा भगवान रामको भूमिका निर्वाह गर्ने लगभग पक्का देखिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

जसका कारण उनले यो क्यारेक्टरमा आफुलाइ ढाल्नका लागि कडा तालिम पनि लिइरहेका छन् । सोही क्रममा सामाजिक सञ्जालमा केही तस्विर भाइरल भइरहेका छन्, जसमा रणवीर कपुरले आफ्नो आगामी फिल्मका लागि धनुर्विद्याको तालिम लिन थालेको देखिन्छ ।


एक्स ह्यान्डलमा रहेको एक फ्यान पेज खुशाली आरकेले एक तस्विर सेयर गरेका छन्, जहा रणवीर कपूर आर्चरी कोचसँग पोज दिइरहेका छन् । तस्बिरहरू उनको घरको हो भन्ने देखिन्छ किनभने एनिमल अभिनेता यस समयमा क्याजुअल लुकमा देखिएका छन्। यी तस्विरहरू हेरेपछि अभिनेताको फिल्मलाई लिएर फ्यानमा उत्साह थपिएको छ ।

शनिवार रणवीर कपुरका फिटनेस कोचले पनि इन्स्टाग्राममा एउटा तस्विर पोस्ट गरेका थिए, जसमा अभिनेता जिममा कडा मेहनत गरिरहेको देखिएका थिए । तस्बिरमा रणवीरले वर्कआउट गियर लगाएका थिए र शिर्षासन गरिरहेको देखिन्छ। तस्बिर पोस्ट गर्दा ट्रेनरले क्याप्शनमा लेखेका थिए, ‘रणवीर कपूर फर्स्ट हेड स्ट्यान्ड, हेड स्ट्यान्ड, रामायण, न्यूजस्किल, ट्रेनिंगविथनेमू ह्यासट्यागहरूले यो कसरत रणवीरको आगामी फिल्म ‘रामायण’ को तयारीको एक हिस्सा हो भनेर संकेत दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण