२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

सिद्धार्थ र अदिति विवाह बन्धनमा बाँधिए

२०८०, १४ चैत्र बुधबार ११:०७

चैत १४, काठमाडौँ । भारतको साउथ अभिनेता सिद्धार्थ र अभिनेत्री अदिति राव हैदरीले विवाह गरेका छन् ।

दुवैले तेलंगानाको श्री रंगनायक स्वामी मन्दिरमा विवाह गरेका थिए । उनीहरुले विवाह  गरेको तर औपचारिक जानकारी अहिलेसम्म नदिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सिद्धार्थ र अदिति राव हैदरीले तेलंगानाको श्रीरंगापुरम जिल्लाको रंगनायक स्वामी मन्दिरमा गोप्य रूपमा विवाह गरेका हुन् । दुवै पछिल्लो केही वर्षदेखि एकअर्कालाई डेट गरिरहेका थिए ।


सिद्धार्थ र अदितिले २०२१ मा तमिल-तेलुगु फिल्म महासमुद्रममा सँगै काम गरेका थिए । त्यसपछि यी दुईबीचको निकटता बढेको थियो । सिद्धार्थले रंग दे बसन्ती र चश्मेबद्दूर जस्ता चर्चित बलिउड फिल्ममा काम गरिसकेका छन् । अदिति राव हैदरी दक्षिण र हिन्दी चलचित्रकी चर्चित अभिनेत्री हुन् । उनले पद्मावत, बोस, रकस्टार र मर्डर–३ जस्ता फिल्ममा काम गरिसकेकी छन् ।

अदितीको जन्म २८ अक्टोबर १९८६ मा हैदराबादमा एहसान हैदरी र विद्या रावको घरमा भएको थियो । अदिति हैदराबादकी निजाम थिइन्। साहेल अकबर हैदरीकी नातिनी हुन् । अदितिका हजुरबुवा राजा जे रामेश्वर राव वानापार्टी, तेलंगानाका राजा थिए ।

अदितिले भरतनाट्यम डान्सरको रुपमा आफ्नो करियर सुरु गरेकी थिइन् । उनले प्रसिद्ध भरतनाट्यम नर्तकी लीला सैमसनको नृत्य समूहमा पनि काम गरिन् । यहाँ काम गरेपछि उनी अभिनयमा लागेकी थिइन्  । उनले पहिलो पटक २००७ मा तमिल फिल्म श्रृंगाराममा अभिनय गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति