सौगात र विपिन अभिनित फिल्म ‘द रेड सुटकेस’ को ट्रेलर सार्वजनिक

Posted on: 02 Apr, 2024

चैत २०, काठमाडौँ । अभिनेताद्वय सौगात मल्ल र विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘द रेड सुटकेस’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच फिल्म 'द रेड सुटकेस' को ट्रेलर सार्बजनिक गरिएको हो । 

फिल्ममा सौगातले ड्राइभरको भूमिका निभाएका छन् भने विपिनले पूर्वआर्मीको भूमिका रहेको बुझ्न सकिन्छ । 

फिडेल देवकोटाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा प्रविन खतिवडाको पनि मुख्य भूमिका छ । फिल्ममा सुशन प्रजापतिको छायांकन र समन अलभितिगाको सम्पादन छ । रामकृष्ण पोखरेल, शोभा थापा र फिडेल देवकोटा निर्माता रहेको फिल्मको सह-निर्माता श्रीलंकाका विमुक्ति जयसुन्दरा हुन् । निर्माता पोखरेलले यसअघि ‘ऐना झ्यालको पुतली’ र ‘हल्कारा’ निर्माण गरेका थिए ।

जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल र भारतको मुम्बई फिल्म फेस्टिभलमा छनोट भएको यो फिल्मले विश्वविख्यात भेनिस फिल्म फेस्टिभल तथा जाफ्ना इन्टरनेशनल फिल्म फेस्टिभलमा अवार्ड जितिसकेको छ । नयाँ वर्षको अवसर पारेर ‘डिग्री माइला’सँग भिडन्त गर्ने गरि चैत ३० गतेबाट प्रदर्शन गरिदै छ । 

ट्रेलरको लिंक:

यस बिषयमा तपाइको प्रतिक्रिया...!