‘पुष्पाः द रुल’ को पोस्टर टिजर सार्बजनिक

Posted on: 02 Apr, 2024

चैत २०, काठमाडौँ । साउथ अभिनेता अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पाः द रुल’ को पोस्टर टिजर सार्बजनिक भएको छ ।

निर्माण पक्षले फिल्मको पोस्टरसँगै टिजरको रिलिज मिति समेत सार्वजनिक गरेको छ । अल्लु अर्जुनको जन्मदिनमा निर्माण पक्षले यो फिल्मको टिजर रिलिज गर्नेछ । साउथ सुपरस्टार अल्लु अर्जुनले ८ अप्रिलमा आफ्नो ४२औं जन्मदिन मनाउने भएका छन् । यस अवसरलाई विशेष बनाउन पुष्प २ को टिमले फिल्मको दोस्रो टिजर रिलिज गर्न लागेको हो । यो फिल्म आगामी अगस्त १५ मा रिलिज हुदै छ ।

यस अघि पुष्पा- द राइज २०२१ मा रिलिज भएको थियो । यो फिल्मले भारतीय बक्स अफिसमा बम्पर कमाई गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!