२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

दाजु बोनीसँग किन रिसाए अनिल कपुर ?

२०८०, २१ चैत्र बुधबार ०५:४२

चैत २१, काठमाडौँ । बलिवुडका चर्चित निर्माता र अभिनेता बोनी कपुर र अनिल कपुरबीचको सम्बन्ध बिग्रिएको खबर बलिवुडमा अहिले चर्चाको विषय बनेको छ । मिडिया रिपोर्टका अनुसार कपुर दाजुभाईबीच अहिले सम्बन्ध खराब भएको असर फिल्ममा देखिन थालेको छ ।

निर्माता बोनीले आफ्ना भाई अनिल कपुरसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताउदै उनी बिना नै ‘नो एन्ट्री’ को सिक्वेल घोषणा गरेपछि यसको चर्चा बढेको हो ।

बोनी कपूरले भनेका थिए- 'अहिले अनिलसँग कुनै सम्बन्ध छैन ।' बोनीले फिल्ममा आफुले अनिललाई नलिएको विषयमा उनी रिसाएको बताएका छन् । उनले अन्य कारण केहि नभएको बताउदै उनी रिसाउनु स्वाभाविक भएको बताएका छन् ।  बोनीले यो व्यवसायिक निर्णय भएको बताउदै आफुले अनिललाई दुख पुराउने केहि काम गर्न नसक्ने समेत स्पष्ट गरेका छन् । 


उनले नो इन्ट्रीको सिक्वेलको घोषणा गर्दै फिल्ममा वरुण धवन, दिलजीत दोसांझ र अर्जुन कपूरलाई लिएको कन्फर्म गरेका छन् ।

यसैबीच, फिल्मका निर्देशक अनीस बज्मीले फिल्म नो एन्ट्री २, बोनी कपूर र अनिल कपूरबीचको झगडामा आफ्नो प्रतिक्रिया दिएका छन्। अनीस बज्मीले भने, 'दुबै दाजुभाइ हुन्, भोलि एक अर्कालाई भेटेर अँगालो हाल्ने छन् ।'

साथै बज्मीले दुवैको सम्बन्ध बिग्रिएको खबर सुनेर आफु छक्क परेको बताएका छन् । 

सन् २००५ मा आएको फिल्म ‘नो इन्ट्री’ मा सलमान खान, अनिल कपूर, फरदीन खान, बिपाशा बसु, ईशा देओल, लारा दत्ता, सेलिना जेटली र बोमन इरानी जस्ता कलाकारहरुको मुख्य भूमिका थियो । ‘नो एन्ट्री २’ मा वरुण धवन, अर्जुन कपुर र दिलजीत दोसांझको नाम पक्का भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति