१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘होस्टेल ३’बाट फिल्ममा डेब्यू गर्दै ‘माग्ने बुढा’का छोरा आशिष

२० श्रावण २०८१, आईतवार ०९:००

साउन २०, काठमाडौँ | ‘होस्टेल ३’बाट केदार घिमिरे ‘माग्ने बूढा’का छोरा आशिषले ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।  वर्कसप जारी रहेको यस फिल्मको निर्माण पक्ष र आशिषबीच कागजी सम्झौता भइसकेको छ । 

निर्देशक सशान कँडेलका अनुसार आशिष फिल्म शीर्ष मध्येको एक भूमिकामा अनुबन्ध भएका हुन् ।

उनले भने, ‘फिल्ममा बहुसङ्ख्या प्रमुख पात्रहरू छन् ।  होस्टेलमा बसेर अध्ययन गर्नेहरूमध्ये एकजना पुरुष कलाकारको थप आवश्यक थियो ।  हामीले खोजेको जस्तो पात्र आशिषमा पायौँ ।’


आशिषले यसअघि टेलिसिरियल  ‘मेरी बास्सै’मा अभिनय गरेका थिए । ‘धन्धुकारी’को भूमिकामा उनी सो समय चर्चामा पनि थिए । 

त्यस्तै फिल्ममा  ‘होस्टेल ३’मा अर्की कलाकार हेना नगरकोटी पनि अनुबन्ध भएकी छन् । उनी थिएटर पृष्ठभूमिबाट चलचित्रमा प्रवेश गरेकी हुन् । 

भदौ २१ बाट छायांकनमा निस्कने तयारीमा निर्देशक कँडेल रहेका छन् । छायांकन अगावै फिल्मको प्रदर्शन मिति आगामी फागुन १६ गतेलाई तोकिएको छ । 

यसअघि फिल्मका पारस बम ‘कुल बोइ’ रिहान गिरी, पदम तामाङलगायत अनुबन्ध भइसकेका छन् । निर्माण पक्षले कही दिनअघि उनीहरु वर्कसपमा बसेको फोटो सार्वजनिक गरेको थियो । 

यो फिल्मको कथा निर्देशक कँडेल आफैँले लेखेका हुन् । सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्य बन्ने यस फिल्मको कार्यकारी निर्माता शङ्कर कोइराला हुन् भने निर्माताहरू कर्ण कार्की र गोविन्द अधिकारी हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार