१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

८ वर्षपछि फिल्ममा फर्किए राजेश हमाल

२१ श्रावण २०८१, सोमबार १०:०९

साउन २१, काठमाडौँ । लामो समय फिल्मबाट विश्राम लिएका नायक राजेश हमाल पुनः ठूलो पर्दामा फर्किने भएका छन् । उनको कमब्याक रहने फिल्मको नाम भने घोषणा भएको छैन । 

हमालले दिवाकर भट्टराईको निर्देशन रहने एक ‘अनटाइटल’ फिल्मका लागि आइतबार सम्झौता गरेका हुन् । सम्झौतापछि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘लामो अन्तरालपछि दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्ममा काम गर्दैछु ।’

हमाल पछिल्लो फिल्म ‘सकुन्ता’मा देखिएका थिए । सो फिल्म प्रदर्शनमा आएको करिब ८ वर्ष भएको छ । उनी म्युजिक भिडियोमा र व्यवसायिक विज्ञापनमा अभिनय गर्दै आएका छन् । 


विभिन्न सार्वजनिक कार्यक्रममा उनले उपयुक्त स्क्रिप्ट खोजीमा फिल्मबाट विश्राम लिएको बताउँदै आएका थिए । 

निर्माण पक्षकाअनुसार केही दिनमा फिल्मको नाम र अन्य कलाकार सार्वजनिक हुनेछ । भदौ महिनाबाट छायांकनमा निस्कने तयारीमा निर्माण पक्ष रहेको छ । फिल्म एक्सन प्रधान रहेको निर्देशक भट्टराईको भनाइ छ । 

निर्देशक भट्टराईका अनुसार कथा मन परेका कारण हमाल फिल्म खेल्न राजी भएका हुन् । यो फिल्मबाट राजेश हमालको उत्कृष्ट कमब्याक हुने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार