भदौ ६, काठमाडौं । कलाकार विपिन कार्कीलाई मातृशोक परेको छ । कार्कीकी आमा सरस्वती कार्कीको बिहीबार बिहान पाटन अस्पतालमा निधन भएको छ ।
उनको आमाको पछिल्लो समय फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या देखिएपछि केही दिनदेखि भेनिटलेटरमा राखेर उपचार भइरहेको थियो ।
सरस्वतीको पार्थिव शरीरलाई आज बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।
बिपिन कार्की आमा बिरामी भएपछि बीचमै सुटिङ छाडेर काठमाडौं आएका थिए । कलाकार बिपिन कार्कीको आज जन्मदिन पनि हो ।