२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सञ्चारकर्मी कमल श्रेष्ठको नयाँ गीत ‘लजालु रुप’ सार्वजनिक (भिडियो सहित)

२१ चैत्र २०७३, सोमबार ०७:०६


काठमाडौं । सांगीतिक यात्राको एक दशक लामो यात्रामा थुप्रै प्रकारका गीत गाएका युवा गायक कमल श्रेष्ठको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रभाव राष्ट्रिय दैनिकसँग आबद्ध सक्रिय सञ्चारकर्मी पनि रहेका श्रेष्ठको नयाँ म्युजिक भिडियो ‘लजालु रुप’ आइतबार भाइब्स क्रिएसन मार्फत् सार्वजनिक गरिएको हो ।

आधुनीक गीत–संगीतमा राम्रै जमेका गायक श्रेष्ठले वैशाखको अन्तिमसम्ममा अर्को म्युजिक भिडियो पनि सार्वजनिक गर्ने जानकारी दिएका छन् । कलाकारिता र पत्रकारिताको दैनिकीमा व्यस्त रहेका श्रेष्ठको आइतबार सार्वजनिक भएको गीतको शब्द रमेश दाहालको र संगीत डेनी निरौलाको रहेको छ । भेनस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतलाई विक्रम कार्कीले एरेन्ज गरेका छन् ।


उक्त गीतको म्युजिक भिडियोमा अहिलेको चर्चित मोडल लीला गीरी र लालबहादुर ढेंगाको अभिनय रहेको छ भने भिडियोको निर्देशन ह्यारी कट्टेलले गरेका छन् । अभिषेक माझीले छायांकन गरेको उक्त गीतको भिडियोलाई विश्व भण्डारीले सम्पादन गरेका हुन् ।

पूर्वेली लोकलयलाई पछ्याउँदै आधुनिक धारमा तयार भएको उक्त गीतले विशेषगरी तन्नेरी पुस्ताको ध्यान तान्ने र सवैको मन जित्नेमा गायक आशावादी रहेको बताउँछन् । 

दिनदिनै नयाँ–नयाँ गीतहरु सार्वजनिक हुने क्रममा ‘लजालु रुप’ गीत भने केही फरक स्वाद लिएर प्रस्तुत गरिएको छ ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ